ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा समेटियो । कतारसामु नेपाली बलरले शानदार प्रदर्शन गरे ।

कुनै समय जिततर्फ लम्बिएको कतारलाई नेपाली बलरले रोक्न सके । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । ३।५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिए ।

अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन आवश्यक थियो । तर, सन्दीपले अन्तिम ओभरमा २ विकेट लिदै नेपाललाई ५ रनको रोमाञ्चक जित दिलाए । नन्दन यादव २ र दीपेन्द्रसिह ऐरीले एक विकेट लिए । कतारका इमाल लियानागेले सर्वाधिक ५६ रन बनाएपनी जितका लागि प्रर्याप्त हुन सकेन ।
त्यसअघि कतारविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

त्यस्तै आई विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत कतारसंग रोमाञ्च जित निकाल्दा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने प्लेयर अफ द म्याच बनेका छन् ।कतारविरुद्ध शानदार बलिङ प्रदर्शन गरेका सन्दीप प्लेयर अफ द म्याच बनेका हुन् । उक्त खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको थियो ।जिततर्फ उन्मुख भएको कतारलाई रोक्दै सन्दीपले नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले ।

स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए ।३।५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिएका हुन् । उनले अन्तिम ओभरमा २ विकेट लिदै खेल नेपालको पक्षमा पारे ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक इनिङ खेले । रोहितले ४१ बलमा ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ मा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *