‘जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं(हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ ।’ प्रधानमन्त्रीले सन्देशमा भनेकी छन् ।लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधन छन् रहेको भन्दै प्रधानमन्त्री कार्कीले पहिलो नागरिकको विवेक रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘त्यो विवेक जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन ।’

‘दोस्रो त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र । जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईँ(हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ । अथवा, यहाँहरु आफैं सही प्रतिनिधि बन्नुपर्छ ।’ प्रधानमन्त्री कार्कीले सन्देशमा भनेकी छन् ।

विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्न उनले आह्वान गरेकी छन् । ‘मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं ।’ प्रधानमन्त्री कार्कीको सन्देशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *