शनिवार मात्रै काठमाडौंमा राष्ट्रिय सम्मेलन सम्पन्न गरेका दलितका लागि दलित अभियन्ता खगेन्द्र सुनारले दल दर्ताका लागि निर्वाचन आयोगमा पेश गरेको निवेदनमा आफू सभापति र बाँकी सबै केन्द्रीय सदस्य रहने गरी निर्वाचन आयोगमा मा पुगेका छन्  आयोग अनुसार सुनारले केही दिन अघि दल दर्ताका लागि आयोगमा दिएको निवेदनमा आफूलाई सभापति प्रस्ताव गरेका छन् भने बाँकी २० जनालाई केन्द्रीय सदस्य प्रस्ताव गरेका छन् । सुनारले हाम्रो पार्टी नेपाल दल दर्ताका लागि प्रस्ताव गरेका छन् भने गोलो घेराभित्र राम्रो जनाउने लाइक चिन्हलाई निर्वाचन चिन्ह प्रस्ताव गरेका छन् ।

 

केन्द्रीय सदस्यमा केशव नेपाली , दधिरा परियार, प्रेमनारायण बिक, अमिर सुनार, सुरतबहादुर भुल, गिरीबहादुर सुनार, उर्मिला नेपाली, शान्तबहादुर घताल, चंचला पराजुली, रबिन्द्र सुवेदी, जनकबहादुर जनाला, भरतबहादुर सुनार, सन्तबहादुर नेपाली, रामसरा बिक, सिता सुनार, अनिता परियार, रमेश विश्वकर्मा, बिबेक पासवान, कमला नेपाली र सचिन मेघनाथ रहेका छन् ।

सुनारले दल दर्ताका लागि पेश गरेको केन्द्रीय समितिमा १८ जना अर्थात् ८५ प्रतिशत दलित रहेका छन् । गैर दलित समुदायका ३ जना अर्थात् १५ प्रतिशत मात्रै समेटिएका छन् । उक्त दलमा आदिवासी तथा जनजाति, मधेशी, मुस्लिम, थारु समुदायको प्रतिनिधित्व शून्य रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *