शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधार
१.सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने जसको लागी शिक्षक दरबन्दी पुरा गर्ने,बिषयगत शिक्षकको व्यबस्था गर्नुपर्ने,आवश्यक भौतिक संरचनाहरु बिकास गर्नुपर्ने ,शैक्षिक सामाग्रीहरु समयमै र सबैलाई पुग्ने गरी व्यवस्थापन गर्नुपर्ने,बिद्यालय प्रशासनमा सुधार गर्नुपर्ने र पाठ्यक्रमको मर्म अनुसार अध्यापन गराईनु पर्ने ।
२.तालुक निकाय द्धारा हरेक महिनाको १ पटक सामुदायिक बिद्यालयमा छड्के निरिक्षण गर्नुपर्ने जसले बिद्यालय प्रशासनमा सुधार , शिक्षकहरुको लापरबाहि र बिद्यार्थिहरुको लापरबाहिलाई रोक्नेछ ।
३.सामुदायिक बिद्यालयमा बिद्यार्थिको संख्या बृद्धि गर्नुपर्ने जसको लागी शिक्षक ,राष्ट्रसेवक कर्मचारी र सार्बजनिक पद धारण गरेका व्यक्तिहरुका छोराछोरीलाई निजी बिद्यालयमा पढाउन नदिई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्यायन गराउनुपर्ने व्यबस्था गर्ने । यदि नियमको उल्लंघन गरेमा कडा कानुनी कारबाहि को व्यबस्था गर्ने ।
४.सामुदायिक बिद्यालयमा आकर्षण बढाउन बरु नेपाली,अंङग्रजी दुबै भाषाको माध्यामबाट पठन पाठन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने ।
५.निजी बिद्यायललाई बिस्तारै सामुदायिक बिद्यायमा रुपान्तरण गर्दै लैजानु लैजानु पर्छ जसले गर्दा निजी र सरकारी बिद्यायलयका बिद्यार्थिको फराकिलो शैक्षिक गुणस्तरको अन्तर हटाउन सकिनेछ ।
६. सामुदायिक बिद्यालयका शिक्षक ,बिद्यार्थि र बिद्यालय अनुकुल हुने गरी शिक्षा बिधेयक अर्थात शिक्षा सम्बन्धी ऐन नियमहरुमा संसोधन गर्नुपर्ने ।
७.सामुदायिक बिद्यालयका शिक्षकहरुको आर्थिक सुबिधाहरु जस्तैःतलब,भत्ता,उपदान,निबृत्तिभरण र अन्य सुबिधाहरु अरु क्षेत्रका कर्मचारी भन्दा बढि बनाउने व्यबस्था गर्नुपर्ने जसले पछिल्लो समयमा शिक्षक पेशा प्रतिको आकर्षण घट्दै गईरहेको र आगामि बर्षहरुमा दक्ष शिक्षकहरुको अभाब हुने देखियकाले आर्थिक सुबिधाहरु बृद्धि गर्दा शिक्षक पेशा प्रतिको आकर्षण बढ्ने छ ।
स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधार
१.सरकारी अस्पतालमा निशुल्क उपलब्ध हुने सबै प्रकारका औषधिहरु यथाशिघ्र निशुल्क उपलब्ध गराउनुपर्ने ।
२.सरकारी अस्पतालको भिडभाड र लाईनमा बस्नुपर्ने समय घटाउनुपर्ने जसको लागी दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरुको व्यबस्था गर्ने र स्वास्थ्य सामाग्रीहरु तथा उपकरणहरुको व्यबस्थापन गर्नुपर्ने ।
३.स्वास्थ्य बिमा सम्बन्धी प्रभाबकारी कार्यबिधि बनाई कार्यान्वयन गर्नुपर्ने जसले स्वास्थ्य बिमाका लाभग्राहिको बिमा दाबी रकम वा सुबिधा समयमै उपलब्ध होस ।
४.स्वास्थ्य बिमा दाबी रकम देश बिदेशका जुनसुकै सरकारी वा निजी अस्पतालमा उपचार गराउदा समेत लाभग्राहिलाई सजिलै उपलब्ध गराउने व्यबस्था गर्ने ।
५.सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण शल्क निकै चर्को छ । सरकारी अस्पतालमा प्रायजसो दुखी,गरिब र बिपन्न बर्गहरु उपचार गराउन आउने भएकाले बिमारले छटपटीरहेको समयमा खल्तीभरी पैसा बोकेर आउनुपर्ने अवस्था देखिएकाले स्वास्थ्य परिक्षण शल्कमा सौलियत दिनुपर्ने देखिन्छ ।
६.पहाडी र हिमाली जिल्लाहरुमा सम्पुर्ण स्वास्थ्य सामाग्रीहरु तथा उपकरणहरु उपलब्ध गराई शल्यक्रिया द्धारा गरिने उपचार समेत जिल्ला अस्पतालमा मै गराउने प्रबन्ध गर्नूपर्ने ।
आर्थिक क्षेत्रमा गर्नुपर्ने सुधार
१.नेपालीहरु अत्याधिक रुपमा बिदेश जाने बाध्यात्मक प्रबृत्ती लाई कम गर्नुपर्ने जसको लागी सरकारले बस्तुको मुल्य नियन्त्रण गर्नुपर्ने,कालो बजारी नियन्त्रण गर्नु पर्ने ,देशमै रोजगारीको सिर्जना गर्नुपर्ने ,उद्यम बिकासको लागी प्रभाबकारी तालिम संचालन गर्नुपर्ने र शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार ,बिजुली ,पानी ,सडक बाटोमा सबै नेपाली नागरिकको पँहुच पुगाउनु पर्ने ।
२.देशमा भएका युवाहरुको लागी देशमै रोजगारीका अबशरहरु सिर्जना गरी बिदेश पलायन हुन बाट रोक्ने र बिदेशमा भएका युवाहरुलाई स्वदेश फर्किसकेपछी उनिहरु सँग भएको पँुजी र सिपको आधारमा उद्यम तथा व्यापार व्यवसाय बिकासका लागी प्रेरित गर्न आवश्यक नितिनियम बनाउने र सरकारले पुर्ण व्याज अनुदान कर्जाको व्यवस्था गनुपर्ने ।
३.निजी व्याबसायिक क्षेत्रहरुलाई प्रोत्साहन गर्नुपर्ने ।
४. राजस्व छलीलाई नियन्त्रण गर्नु पर्ने ।
५.व्याबसायिक कृषि उद्यमशिलता तथा व्यापारमा बृद्धि गर्नृपर्ने जसले देशको कुल ग्राहस्थ उत्पादन र कर आम्दानी बृद्धि गर्छ ।
६.नितीगत भ्रष्टाचार ,आर्थिक अनियमितता र सम्पत्ती सुद्धिकरण जस्ता कुराहरुमा कडा नियन्त्रण र नियमन गर्नुपर्ने ।
७. सरकारले सबै बस्तु तथा सेवाहरुको न्युनतम मुल्य तोकी अस्वस्थ प्रतिस्पर्धा हटाई कमजोर व्यबसायी लाई पर्ने मर्का बाट बचाउनु पर्ने ।
८.सरकाले अनुदानको लागी छुट्याएको बजेट प्रदेश ,स्थानिय तह र सरकारी कार्यालयहरुलाई हस्तान्तरण नगर्ने किनकी यी निकायहरुबाट बास्तबिक उद्यमीहरुलाई अनुदान रकम नदिएर नाताबाद ,राजनैतिक सिफारिस र भागवण्डाका आधारमा बितरण गरेको पाइन्छ । यसको समाधानको लागी उद्यमीहरु बाट स्थानिय तह मार्फत आबेदनहरु संकलन गर्ने ,कागजातहरु रुजु गर्ने ,परियोजना निरक्षण गराई सोको प्रतिबेदनको आधारमा सम्बन्धित मन्त्रालयद्धारा वास्तबिक उद्यमीहरुलाई मात्र अनुदानको लागी छनोट गर्ने ।
९.कृषि क्षेत्र तथा व्याबसायिक कृषि र कृषि प्रतिको आकर्षणमा बृद्धि गर्न कृषकहरुलाई समयमै बिउ,मलहरु,कृषि सामाग्रीहरु र उपकरण हरु सौलियत दरमा उपलब्ध गराउने र कृषि उत्पादनलाई बजारसम्म पुगाउन निशुल्क ढुवानीको व्यवस्था गरिदिने ।
१०.भारतबाट आयात भएका कृषि उत्पादन तथा अन्न तरकारी हरु अति सस्तो दरमा बिक्रि हुने भएकाले नेपाली कृषकहरुले भारतीय उत्पादन सँग प्रतिस्पर्धा गर्न गाह्रो हुने साथै ठुलो घाटा व्यहोर्नु पर्ने भएकाले नाकाहरुमा कडाई गर्नुपर्ने र भारतबाट आउने कृषिजन्य बस्तुहरुको पनि सरकारले न्युनतम मुल्य निर्धारण गर्नुपर्ने । यदि नियम बिपरित कार्य गरेमा सामानहरु जफत गरेर नष्ट गर्ने ।
११.कृषि अनुदानहरु स्थानिय तह,प्रदेश ,पशु सेवा केन्द्र र कृषि ज्ञान केन्द्र बाट वास्तविक किसानहरुलाई नदिई नाता बाद,राजनैतिक सिफारिसका आधारमा कागची कृषकलाई पनि दिईरहेको हुनाले आ .ब. २०८३÷८४ देखी कृषि अनुदान बजेट यी अनियमितता हुने ठाँउमा हस्तान्तरण नगरी कृषकहरुका कागजात रुजु तथा परियोजना निरिक्षण गराई मन्त्रालयबाटै छनोट गरि अनुदान रकम उपलब्ध गराउनु पर्ने ।
१२.किसानहरुलाई व्याज अनुदान कर्जा प्रदान गर्नको लागी सरकारले प्रष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्ने ।
१३.बिगत लामो समयदेखी हाम्रो देशको अर्थतन्त्र थला परेको छ ।व्याजदर लगातार घट्दो क्रममा छ । यसरी व्याजदर घट्दै जानु अर्थतन्त्रको लागी राम्रो पक्ष होइन । अहिले निक्षपकर्ताले निकै सास्ती खेपिरहनु परेको छ । अहिले कसै सँग बर्षाै सम्म पसिना बगायर कमाएको १० लाख रुपैँया छ भने पनि त्यसबाट आउने व्याजले महिनामा १ कट्टा चामल किन्न समेत पुग्दैन । यसको समाधान गरी अर्थतन्त्र चलायमान बनाउनका लागी सरकारले व्यबसायिहरुलाई लगानी गर्न सहज बाताबरण बनाईदिनुपर्दछ ।,नयाँ व्यबसायीलाई समेत प्रोत्साहित गर्ने निति बनाउनुपर्ने छ । र हाल धेरै नेपाली नागरिकहरु प््रााय जसो भारत तिरै बस्ने,कमाउने र छोराछोरी लाई पनि भारतमै पढाउने बाध्यात्मक अवस्था आईरहेको छ । यसको लागी भारतमा रहेका नेपालीहरुलाई नेपालमै सजिलै जीबनयापन गर्न सक्ने गरी सरकारले कार्यक्रमहरु ल्याउनु पर्ने छ । यसो गर्दा देशमा उपभोक्ताहरुको संख्यामा बृद्धि भई व्यापार व्यसायमा समेत यसको सकरात्मक प्रभाब पर्ने छ ।
१४. परम्परागत रैथाने पेशाहरु जस्तैः आरन,काठका भाठा कुडाको काम,माटाका भाडाकुडाका काम,उनका कपडा ,ढुंगा माटोको घर बनाउने काम,लुगा सिलाउने काम,सुनचाँदीको काम ,डोका डाला बनाउने काम आदि रैथाने पेशाहरुलाई प्रबिधि सँग जोडि पेशाको रुपान्तरण गरि रैथाने पेशेवारहरुलाई आत्मनिर्भर बनाउने ।
१५.गाँउको स्थानिय अन्नबाट उत्पादित लोकल मदिरालाई बैधानिकता दिई गुणस्तर प्रदान गरेर ब्राण्डीङ गर्ने जसले नेपाली नागरिकहरुलाई रोजगार बनाउने छ , आयस्तर पनि बृद्धि गर्नेछ र बिदेशी मदिराको आयातलाई कम गरी व्यापार घाटा समेट घटाउन मद्दत गर्ने छ ।
धन्यबाद ! ! !
कमल बि.क.
बुढिनन्दा नगरपालिका ०६,बाजुरा
