खेम केसी
डोटी,  — जोरायलका जुझारु युवाहरूले स्थापना गरेको रायल जोरायल क्लबले यस वर्ष पनि “स्व. चित्र मडै स्मृति पेनाल्टी शुट आउट प्रतियोगिता” आयोजना गर्ने भएको छ। प्रतियोगिता जोरायल गाउँपालिका–४ स्थित घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा हुने क्लबले जनाएको छ।

यो प्रतियोगिता पाँचौँ संस्करणमा प्रवेश गरेको हो। प्रतियोगिताका लागि टिम दर्ता खुला गरिएको क्लबले सूचना सार्वजनिक गरेको छ।

क्लबका महासचिव अनिलकुमार कठायतका अनुसार प्रतियोगितामा जोरायल गाउँपालिकाका ६ वटै वडाका टिमहरू मात्र सहभागी हुन पाउनेछन्। प्रतियोगिता आगामी कार्तिक ४ गतेदेखि सुरु हुनेछ।

पुरस्कार राशिअनुसार प्रथम हुने टिमले रु. २१ हजार तथा द्वितीय हुने टिमले रु. ११ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

महासचिव कठायतका अनुसार, “खेलकुदमार्फत युवामा अनुशासन, एकता र आपसी सद्भाव कायम गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने तथा जोरायलका जुझारु युवा स्व। चित्र मडैको स्मृतिलाई जिवन्त राख्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।”

रायल जोरायल क्लबले विगत पाँच वर्षदेखि निरन्तर रूपमा यस प्रतियोगिताको आयोजना गर्दै आएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *