के हो जातीय हिंसा÷ बिभेद ?
जातकै आधारमा मानब जातीले मानब जातीलाई नै फरक व्यबहार गर्नु, हेप्नु,अभद्र व्यबहार गर्नु,सानो जाती बनाईएका मानिसहरूको अस्तित्व स्विकार नगर्नृ ,जातकै आधारमा हत्या गर्नु , सामाजिक प्रतिष्ठामा समेत असर पु¥याउनु , पशुहरूलाई जस्तो व्यबहार गरेर मानसिक सन्तुलनमा समेत असर पु¥याउनु, सँधै हेपेर राख्नु,कुल्चेर राख्नु ,सँधै दलेर राख्नु,सँधै कमारा राखिराख्ने सोच राखिरहनु,अर्कै ग्रहका मान्छे हुन जस्तो व्यबहार गर्नु ,जातकै आधारमा अबसरह?बाट बञ्चित गराउनु जस्ता बेथिती,कुसंस्कार ,अधर्म तथा कुरितिलाई जातीय हिंसा÷भेदभाब भनिन्छ ।
जातीय बिभेद,हिंसाको घटनाक्रम
१.हिन्दु ग्रन्ध अनुसार ब्राह्रमण ,क्षेत्री,बैश्य र शुद्र गरि ४ जातमा बिभाजन गरिएको ।
२. प्रारम्भिक कालमा सामान्यतया काम अनुसार जातको बिभाजन गरिएको ।
३.उत्तर बैदिक काल र शास्त्रीय कालमा साना साना जात समुह बनायर जात बिभाजन गरिएको ।
४.मध्यकाल तिर केहि समुहहरूलाई पुण रूपमा अछुत बनाइएको ।
५.मुलुकी ऐन १८५४ ले कानुनी रूपमै मल्लो जात ,तल्लो जात भनेर जातीय बिभेदलाई नीतिगत गरेको रहेछ ।
६.राजाहरूले कामको आधारमा जात बिभाजन गरेर जातीय हिंसा र बिभेद लाई पुर्ण रूपमा नीतिगत गरेको रहेछ ।
७.हाल जातीय बिभेद बिरूद्ध बिभिन्न कानुनहरू बनेका छन ।
८. १०बर्षे जनयुद्ध कालमामा जातीय बिभेद बिरूद्ध ठुलो अभ्यास भएको पाईन्छ जसले थोरै कम भएको को देखिन्छ ।
९. नेपालको संबिधान २०७२ मा मौलिक हक अन्र्तगत “ छुवाछुत तथा भेदभाब बिरूद्धको हक ”को व्यबस्था गरिएको छ । मुलुकी अपराध संहिता २०७४ मा पनि जातीय हिंसा बिरूद्ध कानुनी व्यवस्था गरको छ ।
१०. कानुनी कारबाहिको व्यबस्था हँदा पनि समाजमा जातीय बिभेदलाई हटाउन सकिएको छैन अर्थात बिभेद बिरूद्ध जनचेतना दिदा समेत मानिसहरूमा चेतना आएको देखिदैन ।
जातीय बिभेदले के के समस्या निम्त्याएको छ ?
१.धार्मिक स्थलहरू ,सार्बजनिक स्थलहरूमा दलित समुदायका मानिसहरू जान अबरोध गरिरहेको ,निजी स्थलहरूमा अपमान गरेको तथा अभद्र व्यबहार गरेको पाईन्छ ।
२. कोठा भाडा पाउन नै समस्या देखिन्छ । देशका प्रमुख शहरह?मा समेत कोठा खोज्न जाने क्रममा जात सोधिने चलन छ । यदि दलित समुदायको मान्छे भएमा कोठा नै नदिने कोठा दिईहाले पनि भूँईतलामा मात्र दिने गरेको देखिन्छ । यसले जात लुकाउन समेत बाध्य पारिरहेको देखिन्छ । छुवाछुत अन्त्य भएको १७ बर्ष सम्म पनि यस्ता हर्कत गरिरहनु देशको लागी पनि बिडम्बना हो ।
३.समाजमा सामान्य कुरा गर्दा समेत दलित समुदायका मानिसहरूलाई तुच्छ शब्द प्रयोग गरेर बोल्ने सानो ले आफुभन्दा ठुलोलाई समेत तँ भनेर अपमान जनक व्यवहार गरेको पाईन्छ ।
४.दलित समुदायमाथि गरिएको अभद्र व्यबहारले गर्दा धेरैमा मानसिक समस्या समेत ल्याएको देखिन्छ ।
५.दलित बिद्यार्थि र दलित शिक्षकहरूलाई बिद्यालयमा समेत बिभेद गरेको पाईन्छ ।
६. जाती बिभेदका मुद्धामा कानुनी निकायले समेत पुर्बाग्राह राखी न्याय नदिने,उल्टै हप्काउने र मुद्धा तोडमोड गर्न जालझेल गर्ने गरेको पाईन्छ ।
७.जनप्रतिनिधी र नेताहरूले समेत पिडकलाई दण्ड सजाय बाट मुक्त गराउन मुद्धा मिलाउने परपञ्च रचेको पाईन्छ ।
८.अन्तरजातीय बिबाह लाई बहिस्कार गर्ने गरेको पाईन्छ र यसैको कारण दलित समुदायका मानिसह?को हत्या गर्ने गरेको पाईन्छ।
९.व्यक्तिगत स्वतन्त्रतामा समेत अबरोध सिर्जना गरेको देखिन्छ ।
१०.जातीय हिंसा बाट पिढित व्यक्तिहरूले न्याय पाउन निकै ढिला र कठिनाई भएको छ ।
११.तनाब बढ्ने ,डर लाग्ने र सामाजिक सहभागीता समेत घटाएको देखिन्छ ।
१२.जातीय बिभेदको कारण हिन्दु धर्ममा समेत खलल् आएको छ ।यस धर्म भित्रको यो बेथिती र कुरितीको कारण धेरै जसोले त धर्म नै त्याग्न बाध्य भईरहेका छन ।अन्य धर्महरूले पनि हिन्दु धर्मको निकै ठुलो समस्या र बेथिती को रूपमा आलोचना गरेका पाईन्छ ।
१३. कतिपय ठाउँमा त अझैपनि दलित समुदायका मान्छेलाई बर्ष भरी काममा दलेर बर्षमा १ पटक १ बोरा अन्न दिएर श्रम शोषण गरेको पाईन्छ ।
१४.कुनै बालक अन्जानमा कसैको घरमा पस्दा निर्घात रूपमा कुटपिट,शाररिक र मानसिक यातना दिने गरेको पाईन्छ । कसै को घरमा जान पाउनै पर्छ भन्ने छैन तर अन्जानमा घरभित्र पस्दा कुटपिट गर्ने कार्य निन्दनिय छ ।
समाधानका उपायह? के के छन ?
१.बर्तमान कानूनी व्यवस्थालाई थप बलियो बनाउने,कानुनी पहँुच,कानुनी व्यबस्था, जातीय बिभेद हिंसा भएमा कसरी न्याय पाउने जस्ता कुराहरूमा सबैलाई जनचेतना दिईनुपर्ने ।
२.जातीय बिभेद र हिंसा गर्ने लाई सरकारी सुबिधाबाट बञ्चित गराउने कानुनी प्रबन्ध गर्ने ।
३.जातीय बिभेद ,मल्जाती ,तल्जाती जस्ता शब्दहरू समाजका मानिसहरूको दिमागमा मेटाउनै नसकिने दागको रूपमा बिकास भएकाले उनिहरूलाई समेत गाउँगाउँमा गएर जनचेतना दिने र बिभेद गरेमा हुने कानुनी कारबाहिको बारेमा जानकारी दिने ।
४.कानुनी निकायहरूले पिढित पक्षको उजुरी सजिलै र छिटो लिनु पर्ने ।
५.सरकारले मित्रता र बिबाह जस्ता सम्बन्धहरू लाई स्विकार्ने बातावरण बनाउनुपर्ने र यस्ता सम्बन्धहरू बढाउन कार्यक्रमहरू नै ल्याउनुपर्ने ।
६.पिढितहरूको न्यायको लागी हरेक वडामा कानुनी परामर्श ,सहयोग तथा पुर्नस्थापना सेवा केन्द्र स्थापना गरि सञ्चालन गर्नुपर्ने ।
७.जातीय भेदभाब भएमा चुपचाप नबसी प्रतिकार गर्ने , पिडकलाई कानुनी कठ्घरामा ल्याउन मनोबल बढाउने ।
८.जातीय बिभेद ÷हिंसा गर्ने लाई फौजदारी कानुन लागु हुने गरि कानुनी व्यवस्था गर्नुपर्ने ।
९.कानुनको पुहँुच र ज्ञान नभएका कारण न्याय बाट बन्चित भईरहेकोमा बिभेदका मुद्धाहरू सरकारी वकिल कार्यालयले दर्ता गर्न सहयोग गरिदिने ,तथा सम्पुर्ण मुद्धा प्रकृया सरकारी वकिल कार्यालयले नै गरिदिएर पिढितलाई न्याय दिनुपर्ने ।
१०.जातीय बिभेद र हिंसाका घटना कम गर्न र पिढित लाई छिटो न्याय दिन स्थानीय निकाय,प्रहरी ,अदालत,अनुसन्धान व्युरो ,मानब अधिकार आयाृग र दलित आयोग बिच समन्वय ,सञ्चार र सहकार्य गरी पिढितलाई न्याय दिइनु पर्ने ।
११. हालको सरकार प्रति जनताको ठुलो आशा राखेकाले धार्मिक ,सामाजिक र सांस्कृतिक समस्या समाधान गर्न नयाँ शिरा बाट अघि बढ्नुपर्ने ।
१२. सम्माननीय प्रधानमन्त्री ज्यु ले यो बर्ष २०८३ खिल निकाल्ने बर्ष हुनेछ भन्नुभएको ले यो जात व्यवस्था पनि हाम्रो समाजमा खिलको ?पमा रहेको हुनाले जात व्यबस्थालाइृ खारेज गर्नुपर्ने ।
१३. हाम्रो समाजमा अझै पनि हलिया,खलिया र नोकर चाकर राख्ने प्रथा पुर्ण रूपमा बन्द गराउनुपर्ने । बरू उसको उचित पारिश्रमिक सुनिश्चीत गर्ने ।
निष्कर्ष
जातीय बिभेद धर्मगुरू र राजाहरूले जात बिभाजन लाई नीतिगत गरेर आम नागरिकको दिमागमा छाप बसालिएको कारण देशकै ठुलो समस्याको ?पमा रहेको छ । हरेक समाजमा आम मानिसह?को चेतना स्तरमा परिवर्तन गर्नुपनेृ छ ।सबे जाती ,धर्म ,समुदाय र संस्कृतिलाई मर्का नपर्ने गरि नीतिगत व्यबस्थाह?मा सुधार गर्नुपर्ने छ । कानुन भनेको नै धर्म हो ,धर्मको पालना गर्नु नै कानुन हो । त्यसैले सबैले धर्म र कानुनको पालना गरौँ । मानब धर्मको रक्षा गरौँ ।
धन्याबाद ! ! !
कमल वि.क.
बुढिनन्दा नगरपालिका ०६,बाजुरा
