संवाददाता, काठमाडौं | भदौ ३

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बुधबार नख्खु कारागार जाँदै छन्।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे नख्खु कारागार पुग्ने कार्यक्रम छ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने नख्खु कारागारमा रहेका छन्। उनी यसअघि रूपन्देही कारागारमा रहेका भए पनि गत शनिबार उनलाई नख्खु ल्याइएको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *