डोटी । प्रेस चौतारी नेपाल, डोटीको बैठक जोरायल गाउँपालिका–२ बुडरमा सम्पन्न भएको छ।
बैठकमा पत्रकार झलक पालीको प्रस्तावमा दिवंगत दिर्घ खत्रीको स्मृतिमा “दिर्घ खत्री अक्षय कोष” स्थापना गर्ने निर्णय गरिएको छ। उक्त कोषको सुरुवात जोरायल गाउँपालिका–२ का अध्यक्ष वीर बहादुर दर्लामीले रु २ हजार ५ सय पाँच नगद हस्तान्तरण गरेका छन् । यस अवसरमा प्रेस चौतारी नेपाल, डोटीका अध्यक्ष प्रेम नेपालीले दर्लामीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताए ।
त्यस्तै, बैठकले प्रेस चौतारी नेपाल, डोटी जिल्ला कमिटीको महिला उपाध्यक्षमा आकृति आकृति कठायत जोशी लाई मनोनयन गर्ने निर्णय गरेको छ।
कार्यक्रममा बोल्दै चौतारीका प्रदेश इन्चार्ज दिलबहादुर छट्यालले संगठनलाई अझ गतिशील बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “म सधैं संगठनसँगै छु,” उहाँले भन्नुभयो।
बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न भएकोमा प्रेस चौतारी नेपाल, डोटीले सम्पूर्ण सहयोगी हातहरूलाई आभार प्रकट गरेको छ।
