-कृष्ण भण्डारी , दक्षिण कोरिया

– विगत २०/२१ बर्षदेखि कोरियामा रहेका नेपालीहरूको बिशेष गरि  सुदूरपश्चिमेलीहरूको दुःखमा सहारा बन्दै आएको एक सामाजिक संस्था हो सुदूरपश्चिम समाज दक्षिण । उसो त सुदूरपश्चिम समाज दक्षिण कोरियाले स्वदेशमा हुने गरेका दैवी प्रकोप, अस्पतालमा सहयोग ,  बिभिन्न बिपन्न  रोगीहरूलाई आर्थिक सहयोग, शिक्षा क्षेत्रमा गरिव तथा प्रभावशाली बिद्यार्थीलाई  छात्रवृति शैक्षिक सामग्री दिने जस्ता कार्य गर्दै आइरहेको छ।नेपालमा भूकम्प गएर क्षतबिक्षत भएको अवस्थामा पनि सुदूरपश्चिम समाजले सिन्धुपाल्चोक लगायतका क्षेत्रमा पनि थोरै राहत प्रदान गरेको थियो । यसरी परदेशमा आपत् बिपत् परेका नेपाली दाजुभाइ दिदिबहिनीको  उद्दार र नेपाली भाषा संस्कृतिको उत्थान र अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसारको निमित्त बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ। संस्थालाई अझै बलियो र अगाडि बढाउनको निमित्त समाजले यहि मिति २०२६/ १/१८ तारिक १९ औ अधिवेशन दक्षिण कोरियाको राजधानी  सियोलमा सम्पन्न गर्ने भएको छ र उक्त कार्यक्रममा सम्पूर्ण नेपाली बिशेष गरि सुदूरपश्चिमेली दाजुभाइ दिदि बहिनीहरूलाई उपस्थितिका लागि आब्ह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *