‎धन ब बोहरा डोटी

‎डोटीको के आई सिंह गाउँपालिका– ६ फलेडीबासीले चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन् । ग्रामीण जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले Livelihood Funds को आर्थिक सहयोग तथा Practical Action र आस्था नेपालको साझेदारीमा उक्त वडाका ४० परिवारलाई शनिबार धुवाँरहित वायुपंखी चुलो वितरण गरेपछि धुवाँको समस्या हटेको हो ।


‎ बायुपंखी चुलोले घरभित्र धुवाँको असर हटाउनुका साथै इन्धनको खपत घटाउने,महिला दिदीबहिनीको समयको बचत हुनुको साथै स्वास्थ्यमा सुधार ल्याउने र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन दिने आस्था नेपालका फिल्ड साहायक गणेश खड्काले बताउनुभएको छ।
‎प्रति चुलोको एकाइ लागत रु ६ हजार ३ सय २५ पर्ने भए पनि त्यसमा रु ३ हजार ७ सय आस्था नेपालको अनुदान रहेको थियो। बाँकी २ हजार ६ सय २५ उपभोक्ताले व्यहोर्नुपर्ने भए पनि उक्त रकम मध्ये मष्टा मेलउनी सामुदायिक वन उपभोक्ता समितिले १एक हजार ६०० उपभोक्ता स्वयंले रु १ हजार २५ मात्रै तिरेको खड्काले जानकारी दिनुभएको छ।


‎स्थानीय बासिन्दाहरूले बायुपंखी चुलो प्राप्त भएपछि   ‎स्वास्थ्यमा सुधार हुने तथा समाज स्वच्छ हुनाका साथै वातावरणमा समेत सुधार हुने भन्दै वातावरणमैत्री प्रविधिले जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *