तेजु ओली, डोटी दशैं–तिहार र विभिन्न स्थानीय जात्रा मनाएर घर फर्किएका नागरिकता तथा राष्ट्रिय परिचयपत्र सेवाग्राही एकैपटक कार्यालय धाउँदा जिल्ला प्रशासन कार्यालय डोटीमा दिनानुदिन सेवाग्राहीको भिड बढ्दै गएको छ।

प्रशासनको आँगनमा बिहानैदेखि लामो लाइन लाग्ने क्रम बढेको छ। सेवाग्राहीहरू झ्यालमा घुइँचो लगाएर पालो कुरिरहेका छन्। कार्यालयमा टोकन प्रणालीको मेसिन राखिए पनि प्रयोगमा नआएपछि सेवाग्राही थप समस्यामा परेका छन्।सेवाग्राही पल कुडमाल भन्छन्“दुई हजार गाडी भाडा तिरेर तीन दिन बिताइसक्यौं, तर अझै नागरिकता पाइएन, आर्थिक समस्या नै भयो।”त्यस्तै, सेवाग्राही लक्ष्मण ओलीको गुनासो छ —“लाइन यति बढेको छ कि बिहानदेखि बेलुका सम्म पालो आउँदैन, टोकन मेसिन देखाएर पनि चलाउँदैनन्।”

सेवाग्राही भानसिंह साउदका अनुसार टोकन प्रणाली लागू नगरिँदा अनावश्यक भिड बढेको छ। उनी भन्छन्,“टोकन सिस्टम देखाएको छ तर चलाउँदैनन्, त्यसैले झन् भिडभाड बढेको छ। लाइन व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता छ।”
कार्यालयका अनुसार सामान्यतया दैनिक ६० देखि ७० जना सेवाग्राही आउनेमा हाल १५० देखि १६० जना भन्दा बढी सेवा लिन आउने गरेका छन्। बढ्दो भीड व्यवस्थापनका लागि कर्मचारीहरूले ओभरटाइमसमेत गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए। बेलुकी झ बजे िबदा भए पनी कहीलेकाही ६ बजे सम्म काम भैरहेकाे देखीन्छ ।

उहाका अनुसार,“सेवाग्राहीलाई छिटो, छरितो र सहज तरिकाले सेवा दिन कार्यालय निरन्तर प्रयासरत छ। चाप बढे पनि सबैलाई सेवा उपलब्ध गराउन हाम्रो प्राथमिकता हो।” बढ्दो सेवाग्राहीको चाप र व्यवस्थापन चुनौतीबीच जिल्ला प्रशासन कार्यालय डोटी अहिले अत्यधिक व्यस्त बनेको छ।

