काठमाडौं । नेपाली हिन्दु नारीहरूले दर, व्रत र पूजा–आराधनासहित मनाउने तीज पर्व नेपाली समाजमा विशेष स्थान राख्छ। भाद्र महिनाको शुक्ल तृतियादेखि मनाइने यो पर्वलाई हरितालिका तीजू पनि भनिन्छ। यस दिन महिलाहरू शिव–पार्वतीको आराधना गरी आफ्नो तथा परिवारको सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्छन्।
तीज केवल धार्मिक पर्व मात्र नभई नेपाली समाजमा सांस्कृतिक तथा सामाजिक रूपमा पनि महत्वपूर्ण मानिन्छ। यस अवसरमा महिलाहरू हरियो रातो पहिरन, गहना र मेहन्दीमा सजिएर दर खाने, नाच–गान गर्ने तथा भेला हुने परम्परा छ। आधुनिक समाजमा तीजले महिला बीच भेटघाट, आत्मीयता र सामाजिक सञ्जाल विस्तार गर्ने अवसर पनि दिएको छ।
तर पछिल्ला वर्षहरूमा तीजको स्वरूपमा परिवर्तन देखिएको छ। पहिले घरपरिवारमा सीमित रहने यो पर्व अहिले शहरका मण्डप, होटल र पार्टी प्यालेसमा भव्य रूपमा मनाउन थालिएको छ। खर्चिलो सजावट र भड्किलो प्रदर्शनका कारण कतिपयले यसको आलोचना गर्ने गरेका छन्।
यसैबीच, खाजे वर्ग तथा श्रमिक महिलाहरू ले भने तीजलाई साधारण तर आत्मीय ढंगले मनाइरहेका छन्। उनीहरूले सस्तो सजावट, सामान्य दर खाने संस्कार र सामूहिक भेलामार्फत आफ्नो परम्परा जोगाइरहेका छन्। आर्थिक हैसियत फरक भए पनि गीत, नाच र सामूहिकताले उनीहरूको तीजलाई उतिकै अर्थपूर्ण बनाइदिएको छ।
सामाजिक सन्दर्भमा हेर्दा तीज अहिले महिला सशक्तिकरण, भेटघाट र आफ्ना अधिकारका आवाज उठाउने अवसरको पर्वका रूपमा समेत स्थापित हुँदै गएको छ। यसरी तीज नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परिचय र सामाजिक विविधताको प्रतिविम्ब बनेको छ।