डोटी, भदौ ६।
डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं.३ मा आज तिखा गोसेडा, सिरखोलीगाउँ र गेरैगाउँ खानेपानी वितरण आयोजना औपचारिक रूपमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मज्त्री प्रदीप पौढेलले उदघाटन गर्नु भएको छ। खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना ९ध्ब्क्न्क्ष्क्ए०ू अन्तर्गत निर्माण हुने यस आयोजना उदघाटनसँगै यहाँका बासिन्दाले स्वच्छ खानेपानी पाउने अपेक्षा गरिएको छ।

करिब १२ करोड ७९ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनामा ८ वटा रिजर्भ ट्यांकी रहनेछन्। तीमध्ये ३ वटा चरणमा लिफ्टिङ प्रविधिबाट पानी उठाइनेछ भने १ वटा ट्यांकी गुरुत्वाकर्षण प्रणाली  बाट सञ्चालन हुने जनाइएको छ।

सम्झौता मिति २०८२ बैशाख २७ गते भएको यो आयोजनाको निर्माण कार्य २०८३ कार्तीक २२ गते भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।यस आयोजना AARVEE-FBC-PARAGON JV, ललितपुर परामर्शदाता AM Kinara JV धनगढी, कैलाली निर्माण व्यवसायी कन्ट्राक्टर मार्फत अघि बढाइनेछ।

स्थानीयवासीले वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएको भन्दै आयोजना सुरु भएपछि स्थायी रूपमा खानेपानी सुविधा पाउने आशा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *