डोटी, भदौ ६।
नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य माननीय प्रदिप पौडेलले डोटीको दिपायलमा पत्रकार सम्मेलन गर्नुभयको छ ।सम्मेलनमा बोल्दै स्वास्थ्य संस्थामा जनशक्ति अभाव, छिट्टै व्यवस्थापन हुने बताउनु भयो । मन्त्री पौडेलले देशभरका स्वास्थ्य संस्थामा गुणस्तरीय उपचारमा समस्या रहेको स्वीकार गर्दै आवश्यक जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिने बताउनुभयो। त्यसतै“देशैभरका स्वास्थ्य संस्थामा यन्त्र–उपकरण र जनशक्तिको कमी छ। चाँडै लोक सेवा आयोगमार्फत ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेर व्यवस्थापन गरिन्छ।”

 स्वास्थ्य बीमा पाँच लाखसम्म

हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै सरकारले नयाँ सुविधा ल्याउने मन्त्री पौडेलको भनाइ थियो। उहाँले भन्नुभयो,अहिले एक लाख सम्म दिइँदै आएको बीमा सुविधा अब दुई सम्म लागू भएको छ । बीमा रकम पनि पाँच लाख रुपैयाँसम्म योजना बनाएको बताउनु भयो ।”

स्वास्थ्य चौकीलाई पूर्णता दिन बजेट

मुलुकभर एकैचोटी उद्घाटन भएका स्वास्थ्य चौकी अधुरो अवस्थामा रहेको भन्दै मन्त्री पौडेलले मन्त्रिपरिषद्बाटै आवश्यक बजेट छुट्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सीमाना विवादबारे धारणा

पत्रकार सम्मेलनमा हालै चुलिएको नेपाल–भारत सीमाना विवादबारे प्रश्न सोध्दा मन्त्री पौडेलले स्पष्ट पार्नुभयो यो विवादलाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्छ। नेपालको भूमि फिर्ता लिनु सरकारको दायित्व हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *