रियाध – साउदी अरबमा वैधानिक रूपमा रोजगारीमा रहेका नेपाली श्रमिकका लागि श्रम स्वीकृति प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। नेपाली राजदूतावास, रियाधका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७८ सालको व्यवस्था अनुसार २०२४ सेप्टेम्बर ३० भित्र वैधानिकता प्रमाणिकरण नगरेका नेपालीले श्रम स्वीकृति पाउने छैनन्।

यो व्यवस्था अनुसार, वैधानिक अवस्थामा रहेर पनि वैधानिकरण प्रक्रिया नगरेका श्रमिकले श्रम स्वीकृति लिन अनलाइन आवेदन अनिवार्य रूपमा गर्नुपर्नेछ। यसका लागि दूतावासले आगामी २०२४ अगस्ट १५ ९२०८१ साउन ३१० शुक्रबार बिहान ११स्०० बजे बाट पहिलोपटक विशेष कार्यक्रममार्फत प्रक्रिया सुरु गर्ने भएको छ।

आवश्यक कागजातहरू

अनलाइन आवेदन

कम्तीमा ३ महिना म्याद बाँकी रहेको राहदानी

वैध साउदी रेसिडेन्ट कार्ड इकामा

कम्पनीद्वारा जारी भिसा प्रमाण

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको प्रमाण

वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण

कम्पनीसँगको श्रम करार सम्झौता

प्रक्रिया
वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (FEIMS) मार्फत आवश्यक कागजात अपलोड गरी आवेदन पठाउने।
दूतावासद्वारा कागजात प्रमाणीकरण।
अनलाइन प्रणालीमा व्यक्तिगत बायोमेट्रिक विवरण अद्यावधिक।
फाराम मिलानपछि अन्तिम स्वीकृति।

Leave a Reply

Your email address will not be published. Required fields are marked *