काठमाडौँ । घुस डिल अडियो सार्वजनिक भएर चौतर्फी आलोचना र बर्खास्तीको दबाब बढेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

७८ लाख घुस काण्डमा मुछिएका एमाले केन्द्रीय सदस्य समेत रहेका गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका हुन् । मन्त्री गुप्ता र बिचौलियाबिच कास्की मालपोत अधिकृतको सरुवा रोक्न र भूमि आयोगको अध्यक्ष नियुक्ति गर्न मोलमोलाइ गरेको भनिएको अडियो सार्वजनिक भएको थियो ।

यद्यपि मन्त्री गुप्ताले भने उक्त अडियो आफ्नो नभएको प्रतिक्रियासहित बचाउ गर्दै आएका थिए । तर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बालुवाटार बोलाएर अडियो प्रकरणबारे सोधखोज गरेका थिए । गुप्तासँग प्रधानमन्त्रीले सोधखोज गरेको भोलिपल्ट उनले राजीनामा गरेका हुन् ।

आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष मंगलबार बिहान राजीनामा दिएको मन्त्री गुप्ताले बताएका छन् ।

‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ’, गुप्ताले प्रधानमन्त्रीलाई राजीनामा बुझाइसकेपछि सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन्, ‘कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ ।’

गुप्ताले आफूले नखाएको विषको सिकार भएको गुनासो समेत गरेका छन् । ‘अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु’, गुप्ताले भनेका छन् । ढिलै भए पनि गुप्ताले राजीनामा दिए पनि अव उक्त अडियो र अडियोमा मुछिएका गुप्तासहितका अन्य व्यक्तिमाथि छानबिन हुन्छ हुँदैन भन्ने महत्त्वपूर्ण प्रश्न हो ।

घुस डिल अडियो सार्वजनिक भएपछि सत्तापक्षदेखि प्रतिपक्ष समेतले छानबिन र प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने माग गरेका छन् ।

आफूपनि भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको मुख समेत हेर्दिन भनेर सार्वजनिक प्रतिबद्धता जनाएका प्रधानमन्त्री ओलीले अव मन्त्री गुप्तासहित उक्त प्रकरणमा अडियोमा नाम जोडिएका अर्का व्यक्ति भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई के गर्छन् रु उनलाई राजीनामा दिन लगाउलान् वा उन्मुक्ति देलान् रु यो प्रश्न स्वाभाविक उठ्न पुगेको छ । त्यतिमात्र होइन गुप्ताले राजीनामा दिनेवित्तिकै उनलाई उन्मुक्ति दिने हो वा कारबाहीको प्रक्रिया अघि बढ्छ भन्ने प्रमुख प्रश्न रहेको छ । उक्त अडियो प्रकरणमा मन्त्री गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको बताइएको छ । गुप्ताले लिएको घुसको रकम, नोट नम्बर र फोटोसहित उजुरी परेको अख्तियार स्रोतले जनाएको छ ।

आफ्नो मन्त्रिपरिषद्का कुनैपनि सदस्यमाथि प्रश्न या विवाद उठ्दा उसलाई हटाउने पूर्ण अधिकार प्रधानमन्त्रीलाई हुन्छ ।

घुस विवादमा सार्वजनिक भएको अडियो भने झन्डै ६ महिनाअघिको भएको बुझिएको छ । किनभने अडियोमा पुस मसान्त र स्वस्थानी व्रतको समेत प्रसङ्ग सुनिन्छ । त्यही अडियोमा गुप्ताबाहेक भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको समेत नाम उच्चारण भएको सुनिन्छ । अधिकारीको नाम बिचौलिया र गुप्ता स्वयंले पनि लिएका छन् । त्यो बाहेक बिचौलिया र गुप्ताबिचको संवादमा ‘बा’ भन्ने शब्द समेत सुनिन्छ । ती ‘बा’ को हुन् रु के का लागि बा उच्चारण भयो भन्ने प्रश्न पनि सोझिएको छ ।

अर्कोतर्फ एउटै प्रश्नमा एउटा मन्त्रीले राजीनामा गर्ने र अर्को चुप लागेर बस्ने वा बेवास्ता गर्दा सरकार र प्रधानमन्त्रीमाथि समेत नैतिक प्रश्न गर्न उठ्न सक्ने देखिन्छ ।

सार्वजनिक भएको २५ लाखको घुस डिलसम्बन्धी अडियोमा गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पैसा (घुस) खाइसकेको दाबी गरेका छन् ।

अडियोमा बिचौलियाले गुप्तालाई आग्रह गर्दै भनेका छन्, ‘सुन्नु न मन्त्रीज्यू, त्यो बलराम ९भूमि व्यवस्थामन्त्री बलराम अधिकारी०लाई भनम् न । बरु, त्यो २० म बुझाइदिउँला के खेम (खेमबहादुर पुन)का लागि भोलि । फर्स्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।’

यो संवादबाट पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि प्रस्ताव गरिएको सहजै बुझ्न सकिन्छ । त्यसको जवाफमा मन्त्री गुप्ताले भनेका छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले ९काम० गर्दैन ।’ गुप्ताले कास्की मालपोतका तत्कालीन प्रमुखको सरुवाका विषयमा बलरामलाई जोडेको बुझ्न सकिन्छ । तर बिचैमा बिचौलियाले त्यो विषयमा होइन, भूमि आयोगमा नियुक्तिका सन्दर्भमा कुरा गरेको भन्दै गुप्तासँग पुन भन्छन्, ‘त्यो होइन क्या, आयोगको कुरा गरिराुको छु ।’यस अघि उनले घुस लिएको प्रमाणित भए आफुले देश छाड्ने समेत भनेका थिए ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *