संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ७८ लाखको घुस ‘डिल’मा अडियोसहितको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ।

मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडियो सार्वजनिक भइसकेको छ, जसमा उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि बोलेकाछन्।
उनी भन्छन “घुस लिएको प्रमाणित भयो भने म नागरिता त्यागेर, म देश छोड्छु।”

सुन्नुस् अडियाे संवाद :
मन्त्री राजकुमार गुप्ताको ७८ लाख घुस ‘डिल’ (अडियो)
gupta – YouTube

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *