डोटी — २०८२ सालकाे एसइइ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले धनगढी ट्रेनिङ सेन्टर प्रा.लि. ले दिपायल सिलगढी नगरपालिकास्थित चार विद्यालयका आठ जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ।जिल्ला सदरमुकाम सिलगढीका पवित्र आवासीय माध्यमिक विद्यालय, मोर्निङ लाईट बोर्डिङ स्कुल, पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय र भागरति एकेडेमीबाट उत्कृष्ट नतिजा ल्याउने दुइ दुइ जना विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा विद्यार्थीहरूलाई प्रमाण–पत्र, टी–सर्ट, सानो खादा तथा नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममार्फत विद्यार्थीहरूको मेहनत, लगनशीलता र पढाइप्रतिको समर्पणलाई कदर गर्दै आगामी दिनमा अझ राम्रो गर्न हौसला प्रदान गरिएको आयोजकले जनाएको छ।

धनगढी ट्रेनिङ सेन्टर प्रा.लि. सुदूरपश्चिम प्रदेशमै सीटीईभीटी (CTEVT) सम्बन्धन प्राप्त पहिलो केयर गिभर अध्ययन गराइने संस्था भएको जनाएको छ। २०७२ सालदेखि तालिम प्रदायक संस्थाका रूपमा कार्यरत सेन्टरले हालसम्म ५०० भन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको र हाल करिब १०० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिएको छ।

सेन्टरले कम्प्युटर हार्डवेयर एण्ड नेटवर्क टेक्निसियन तथा केयर गिभर (नर्सिङ केयर गिभर) सम्बन्धी सीटीईभीटी बाट मान्यता प्राप्त तालिम सञ्चालन गर्दै आएको छ।एसइइ तथा +२ सकेका विद्यार्थीहरूलाई छोटो अवधिमै सीप सिकाएर स्वदेश तथा विदेशमा रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेको बताइएको छ।

धनगढी ट्रेनिङ सेन्टरका बजार व्यवस्थापन प्रमुख प्रशान्त राज जोशीले एसइइपछि अन्योलमा रहेका विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक परामर्श समेत प्रदान गर्दै आएको जानकारी दिए। उहाका अनुसार “राम्रो शिक्षा मात्रै होइन, सीपसँगै रोजगारीको अवसर सिर्जना गर्नु पनि संस्थाको मुख्य उद्देश्य हो।”

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले यस्ता पुरस्कार तथा सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने बताउनु भयाे। उहाले विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्याएको भन्दै धनगढी ट्रेनिङ सेन्टरलाई धन्यवाद समेत व्यक्त गर्नु भयाे।

धनगढी ट्रेनिङ सेन्टरले पछिल्लो समय सुदूरपश्चिमका युवामाझ प्राविधिक शिक्षा र सीपमूलक तालिममार्फत रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयले बताएका छन्।एसइइ तथा +२ पछि भविष्यको स्पष्ट बाटो खोजिरहेका विद्यार्थीहरूका लागि यो संस्था प्रभावकारी गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
थप जान्कारी…

