लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी सरकारका पूर्व सामाजिक विकासमन्त्री रत्न खत्रीले नेपालगंजस्थित सञ्जिवनी अस्पताल अवैध रुपमा संचालन भएको भन्दै तत्काल सञ्चालन प्रक्रिया रोक्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेकपा (एमाले)का नेतासमेत रहेका पूर्वमन्त्री खत्रीले साबिक (नेपालगञ्ज हस्पिटल ट्रेनिङ एण्ड रिसर्च सेन्टर) र हालको सञ्जिवनी अस्पताल अवैध रुपमा सञ्चालन भएको भन्दै तत्काल अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया रोक्नुपर्ने माग गरेका छन्।

६ दिन पहिले रातिमा सामाजिक सञ्जालमार्फत संजिवनी अस्पताल सञ्चालक समितिका  अध्यक्ष खुमाप्रसाद अर्यालले पूर्वमन्त्री खत्री  र नेपाली कांग्रेसबाट निर्वाचित कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यमाथि अस्पताल व्यवस्थापनमा व्यवधान खडा गरेको तथा अस्पताल ध्वस्त पार्न लागि परेको भनेका थिए।

उनले दुई जनालाई अस्पताल बन्द गराएर देखाउन चुनौति पनि दिएका थिए।

सामाजिक सञ्जालमै जबाफ लेख्दै  एमाले नेता समेत रहेका खत्रीले सञ्जिवनी अस्पतालले गरिरहेको ठगी र अवैधानिक गतिविधिहरूप्रति आँखा चिम्लेर बस्न नसकिने उल्लेख गरेका छन्।

खत्रीले अवैध क्रियाकलापको विरोध गर्दा जस्तोसुकै चुनौतीको पनि सामना गर्न आफू तयार रहेको चेतावनी पनि दिएका छन्।

उनले सञ्जिवनी अस्पताल पूर्णरूपमा गैरकानुनी रूपमा सञ्चालित रहेको दाबी गर्दै त्यसको पुष्टि गर्ने आशयका साथ  केही प्रमाण र तथ्यहरू पनि भन्दै बुँदागत रुपमा उल्लेख  गरेका छन्।

जसमा स्वास्थ्य सेवा नियमावली २०७७ ले एक  शैयाको अस्पतालका लागि कम्तीमा ५५ वर्ग मिटर जग्गा आवश्यक पर्ने व्यवस्था गरेको तथा  १०० शैयाको अस्पताल सञ्चालन गर्न करिब १७ कट्ठा जग्गा आवश्यक पर्ने उल्लेख गरेका छन्।

तर, सञ्जिवनीसँग त्यति जग्गा नै उपलब्ध नरहेको दाबी खत्रीले गरेका छन्।  अस्पतालको आफ्नै नामको जग्गा र पूर्वाधार नभए पनि  मेडिकल कलेजको भवन तथा जग्गा प्रयोग गरी सञ्चालन भइरहेको उनले बताएका छन्।

One thought on “सञ्जिवनी अस्पतालको वैधानिकताबारे अध्यक्ष र पूर्वमन्त्रीबीच आरोप प्रत्यारोप”

Leave a Reply

Your email address will not be published. Required fields are marked *