डोटी, — आर्थिक अवस्था कमजोर रहेका शारीरिक असक्षमता भएका व्यक्तिहरूका लागि मार्वाडी समाज नेपालले प्रदान गर्ने निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम अन्तर्गत डोटीमा लगत संकलन सुरु गरिएको छ। हालसम्म १५ जनाको कोटा मध्ये ८ जनाको विवरण संकलन भइसकेको शैलेस्वरी अस्पताल डोटीका सञ्चालक आइजंग कुवरले जानकारी दिए।

उहाका अनुसार मार्वाडी समाज नेपालले प्रदान गर्न लागेको यो कृत्रिम खुट्टा ओरालो–उकालो हिँडडुल गर्न सहज, बलियो र दीर्घकालीन हुने प्रकारको छ। सामान्य अवस्थामा यस्ता कृत्रिम खुट्टा तयार गर्न दुई लाख रुपैयाँसम्म खर्चिलाग्ने भए पनि डोटीका आवश्यकतामा परेका व्यक्तिहरूलाई पूर्णरूपमा निशुल्क उपलब्ध गराइनेछ।

काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाइने

१५ जनाको लगत पूरा भएपछि काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टोली बोलाई प्रत्येक व्यक्तिको खुट्टाको नाप (measurement) लिइनेछ। त्यपछि काठमाडौँमै खुट्टा तयार पारेर शैलेस्वरी अस्पतालमै औपचारिक रूपमा हस्तान्तरण गरिने कुवरले बताए।

आवश्यक परेकालाई सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न आग्रह

यो सेवाबाट लाभ उठाउन चाहने डोटी जिल्लाका जो कोही पनि शारीरिक अपाङ्गता भएका व्यक्तिहरू वा तिनीहरूको परिवारजनलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ।

सम्पर्क: 9851145232 (शैलेस्वरी अस्पताल, डोटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *