डोटी- डोटीमा सञ्चारकर्मीहरूसँग कृषि प्रविधि सम्बन्धी अन्तरक्रिया तथा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र डोटीको सभाहलमा आयोजित गोष्ठीमा कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गंगादत्त अवस्थीले चालु आर्थिक वर्षमा केन्द्रले गरेका प्रमुख कार्य, उपलब्धि र भावी कार्ययोजनाबारे प्रस्तुति दिनुभएको थियो। आर्थिक बर्ष २०८१/८२ मा करिब ७७ प्रतिशत खर्च भएको बताउदै गरिखाने किसान भन्दा गरि खाने किसान खुसि भएको बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले कृषि ज्ञान केन्द्र डोटीको कार्यप्रति प्रशंसा गर्दै जिल्लामा कृषि प्रविधिको विस्तार र कृषकको सशक्तीकरणतर्फ केन्द्रको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। उहाँले कृषि क्षेत्रलाई अझ प्रभावकारी बनाउन सञ्चारकर्मीको भूमिका पनि महत्वपूर्ण हुने धारणा राख्नुभयो। कृषि क्षेत्रमा गरेको सकारात्मक कामले आफ्नो समेत गतिबिधि देखिएको बताउनु भयो । जिल्ला स्थित सरकारी कार्यलय का प्रमुख मध्य कृषि ज्ञान केन्द्र का प्रमुख ले राम्रो काम गरेको दाबि गर्नु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुखले कृषि क्षेत्रले रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर बनाउने र व्यवसायिक कृषि प्रणालीको विकास गर्ने सम्भावना रहेको बताउँदै यसतर्फ सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

गोष्ठीमा कृषि, सूचना तथा सञ्चारको समन्वयमार्फत कृषकसम्म सही प्रविधि र जानकारी पुर्याउने विषयमा जोड दिइएको थियो। पत्रकार ले कृसकले उत्पादन गरेका कृषि जन्य सामाग्री को बजारिकरण हुनु पर्ने,जोखिम सरकारले लिने हो भने कृषि पेसा बिस्तार हुने बताउनु भयो।
