-कृष्ण भण्डारी
– जसरी डोटी इतिहासिक स्थल हो त्यसरी नै त्यहाँका भेष,भुषा , संस्कृति , भाषा पनि ऐतिहासिक छन् । धमरी , झोरा , चाचरी , मागल , चैती जस्ता कुरा त लोप भैसकेको अवस्था छ। तर पछिल्लो समय नयाँ युवा पुस्ताले डोटेली भाषा , संस्कृतिलाई समय सुहाउॅंदो बनाएर लोकप्रिया बनाउनुका साथै विश्वमा चिनाउॅंदै सांगितिक बजारमा पनि धमाका मच्चाउॅंदै गरेको देखिन्छ । यसैबिचमा आफ्नो भाषाको सरल प्रयोग गरेर गायक संगितकार बिष्णु भट्ट, चर्चित गायक मोडल चक्र बम र परदेशमा रहेर निरन्तर कलम चलाई रहेनु भएका सर्जक नेत्र कुँवरको टिमले डोटेली भाषाको टिपकल शब्द टिपेर म फर्किन्या बेला भयो भन्ने डोटेली गजल बजारमा ल्याएका छन् । गीत संगितमा १५/२० बर्ष साधना गर्नु भएका गायक बिष्णु भट्टको श्वर र संगित हुनु त्यसै माथि चक्र बम जस्तो चर्चित अनुहार हुनुले सो गजल अहिले निकै चर्चामा छ । सोहि गजलका रचयता नेत्र कुँवरले गजलको सन्दर्भमा दिएको अभिब्यक्ति यस प्रकार छ ।
नेपालको मध्य र सुदूरपश्चिमतिरका अधिकांश मान्छेहरू भारतको विभिन्न सहरतिर कामको सिलसिलामा जाने र दसै ,तिहार, विसुतिर फर्किन्छन त्यसरी परदेशी फर्किने क्रममा बाटोमा स्याउली हाल्ने र उक्त स्याँउलिमा लाहुरेहरुले पैसा मिठाइहरु राखिदिने गर्नुहुन्थ्यो साथै पहिलेका विवाहहरुमा विबाह दुलहीको गाँउको सेरोफेरोमा पुग्ने क्रममा गाँउबाट केही दुर यस्तै स्याँउलिहरु हालिन्थ्यो त्यसमा राखिएका फूल र दुबोहरु बर्याँतिहरुले सिउरिन्थे र त्यसमा पैसा र सेलरोटीहरु राखिदिन्थे ।खासमा त्यो कुरो दिमागमा बचपनबाट वसेको भएर यो सृजना हुन गएको हो । स्याउली घरबाट निस्कने बेला नभइ घर फर्किनेबेला हालिने भएको र आफु पनि स्वयम् परदेसमा भयको र घर फर्किन मन लागिरहेको तर नसकेको अवस्था भएको कारण बेला भयो तर भइसकेको चैँ भन्न खोज्या हो सँगै परदेशमा भय गरेका कुराहरु जो अरु कसैसँग भन्न सकिँदैन उ आफ्नो प्रेम्का वा श्रीमतीसँग भन्न चाहेको र श्रीमती वा प्रेमिका एक्लै हिनुपर्ने भनेर भन्न खोजिएको छ ।घरबाट निस्किदा खेरिको टिकाटालोको कुरो देखि आफ्नाहरू परदेशहुँदा घरमा भएका प्रियतमहरुको आँखाँ बारम्बार आफ्नो मान्छे फर्कने बाटोतिर गइरहने वास्तविकतालाइ ध्यानमा राखि यो रचना गरिएको हो ।यस्तै रचना गर्छु भनेर पुर्व योजना नबनाइ गरिएको तर रचना भइसके पश्चात् एक युगको वास्तविकतामा परिणत भएको छ।
साथै युगान्तकारी बनाईदिनु हुने गायक संगितकार बिष्णु भट्ट , गायक मोडेल चक्रम बम , लगायत टिमलाई धन्यवाद तथा आभार प्रकट गर्दछु ।
