युवतीलाई होटलमा काम लगाइदिने भनी भारत लगेर मिर्गौला बेच्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उक्त कारबाही गरेको हो ।गत जेठ महिनामा परिवर्तित नाम २६ बबरमहल ४५४० लाई कोटेश्वर आकाशेपुल नजिकबाट कलंकी हुँदै भारतको चण्डीगढस्थित अपार्टेन्टमा पुर्याउने गिरोहका तीनजनालाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका काभ्रेपलाञ्चोक पाँचखाल न पा १० का ३५ वर्षीय कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ९ का २४ वर्षीय समीर नेपाली र बेलकोटगढी नगरपालिका वडा नं ४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन् ।

उनीहरूले युवतीलाई भारतको होटलमा १० देखि २० हजारसम्मको काम पाइने भनेका थिए । तर, चण्डीगस्थित अपार्टेन्टमा पुर्याएको भोलिपल्ट एक क्लिनिकमा लगी मेडिकल चेकअप गराए । प्रतिवादीहरु समीर र राकेशले युवतीलाई रेखदेख गरी करिब १ महिना राखे । पछि मिर्गौला निकालेबापत ६ लाख नेपाली रुपैयाँ दिने भनेका थिए । युवतीले अस्वीकार गरिन् ।

युवतीलाई त्यसबेलासम्म खर्च भएको रकम व्यहोर्नुपर्ने भन्दै मानसिक तनाव दिएपछि साउन ९ गते बायाँ मिर्गौला झिकियो ।

युवतीसहित उनीहरू १५ गते काठमाडौं आईपुगे ।

युवतीले मानव बेचविखन तथा ओसारपसार सम्बन्धी कसूर गरेको भनी दिएको जाहेरीले पीडकलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान व्युरोका प्रवक्ता एसपी नरेन्द्र चन्दले जनाएका छन् ।
उनीहरूले नेपाल र भारत बसेर मिर्गौलाको अवैध कारोबार गर्ने गरेको चन्दले बताए । उनीहरूले कमजोर आर्थिक स्थितिको फाईदा उठाउँदै विभिन्न प्रलोभन देखाई मानिस पहिचान गर्ने गरेका चन्दले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *