गायक पशुपति शर्मा कार दुर्घटनामा परेका छन्।

बुधबार दिउँसो उनी सवार कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको हो।

पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीका अनुसार कारमा पशुपति शर्मासहित चार जना सवार थिए। दुर्घटनामा कारमा सामान्य क्षति भएको छ।

गायक शर्मा सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा पुगेका हुन्।दुर्घटनामा गायक शर्माको देब्रे हातको एउटा औला भाँचिएको छ।

‘म अगाडिको सिटमा थिएँ। कार घुम्तीमा अनियन्त्रित भएर नालीमा खसेको हो। एउटा औँला भाँचिएको छ, अरू ठूलो चोट छैन,’  उनले  भने, ‘अन्य व्यक्तिहरू पनि सामान्य नै हुनुहुन्छ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *