नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुने बताएका छन्।

तर पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले नरोकेको पनि उनले बताए।

‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले त दिएको छ, जे गर्न पनि हुन्छ भन्छ,’ विराटनगरमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले भने, ‘तर अब मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो। मेरो विचारमा। तर अब राजनीतिमा फर्कन त कसले रोक्न सक्छ र?’

आफूले राष्ट्रपति हुँदा वा त्यसपछि पनि विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिराखेकोले हालै भएको भेटलाई लिएर चर्चा गर्न नहुने पनि उनले बताए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने विषयले चर्चा पाएको थियो। हालै बसेको एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा नल्याउने निर्णय गरेको थियो।

साथै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को सक्रिय राजनीतिमा फर्केका छन् भने माओवादीले उनलाई उपाध्यक्ष मनोनीत गरेको छ।

कोइरालाले सरकारले प्रभावकारी काम गर्न नसकेको र संविधान संशोधनलगायत ७ बुँदे सहमति कार्यान्वयनमा आउन नसकेको पनि बताएका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *