प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गरेका छन्।

गत असार १४ गते मदन जयन्तीका दिन पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर पार्टीको सक्रिय राजनीतिमा फर्किएको बताएकी थिइन्।

तर शुक्रबार पोलिटब्युरो बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गरेका हुन्।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका थिए।

आजको बैठकमा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा नफर्कने विश्वासका साथ उनलाई दोस्रोपटक राष्ट्रपति बनाइएको बताएका थिए।बैठकमा अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नुपर्ने पनि बताएका छन्।

‘पार्टीलाई ठूलो र संगठित हमला छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘यही बेला पार्टी भित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो। यो कुरा तत्काल  रोकिनुपर्दछ। नरोकिए पार्टीले रोक्छ।’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले  पत्रिकाबाट थाहा पाएको र यस विषयमा छलफल हुने बताएका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *