डोटी —
गुड नेवर्श इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक बिकास केन्द्र डोटी तथा सिखर नगरपालिका डोटी को समन्वय मा सन्चालित एकिकृत मुदायिक बिकास परियोजना अन्तर्गत पढाई मेला कार्यक्रम सम्पन्न गरिएको हो।बालबालिकामा पढाइप्रतिको रुचि बढाउने उद्देश्यले सिखर नगरपालिका वडा नं. ७ मा रहेको लाटामाण्डौ माध्यमिक विद्यालयमा पढाइ मेला सम्पन्न भएको छ।


मेलामा स्थानीय स्तरमा पाइने हलो, जुवा, जातो लगायतका  परम्परागत सामग्री प्रयोग गरी तयार पारिएका शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको थियो। प्रदर्शनीले विद्यार्थीलाई व्यवहारिक रूपमा सिक्न सहयोग पुगोस र पढाइ प्रति रुची बढोस भनेर उक्त कार्यक्रम गरिएको सामुदायिक बिकास केन्द्र डोटी का कार्यक्रम अधिकृत लक्ष्मण देउवाले  बताउनु भयो।


कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।लाटामाण्डौ माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद भट्ट ले स्थानीय सामग्री प्रयोग गर्दा अभिभावक र समुदायको सहभागिता बढेको बताउनु भयाे। सिमीत स्राेत साधनका बाबजुत पनी थुप्रैकाम गरीरहेकाे बताउनु भयाे ।

सिखर नगरपालिकाकी उप–प्रमुख सुनिता रावल ले पढाइ मेलाले विद्यार्थीहरूमा हौसला प्रदान गरेको बताउँदै यस्ता कार्यक्रम अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिनु भयाे।


त्यस्तै, सामुदायिक विकास केन्द्र डोटी की अध्यक्ष निर्मला रोश्यारा ले सामुदायिक विद्यालयको स्तर अभिवृद्धिका लागि सरकारी निकाय, संघ–संस्था र सरोकारवालाबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयाे।


कार्यक्रमको अन्त्यमा सिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायर ले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरपालिका शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *