डोटी मंसिर ५

सिखर नगरपालिका–३ मा रहेको भवानि  माध्यमिक विद्यालयमा शुक्रबार वडा स्तरीय बालकचहरी कार्यक्रम सम्पन्न गरिएको छ। गुड नेवर्श इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा गरिएको उक्त कार्यक्रमले बालबालिकाले भोगिरहेका समस्या, चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल भएको छ।

सिखर नगरपालीका वडा ३ भवानी मा.बि.काे समन्वयमा संचालीत बालकचहरीमा सहभागी बालबालिकाले खेलमैदानको अभाव, खेल सामग्री, सुरक्षित घेरवार, बालमैत्री वातावरण र बालबालिकाका क्षेत्रमा छुट्याइने बजेटसम्बन्धी महत्वपूर्ण प्रश्नहरू उठाएका थिए।

कार्यक्रममा सोही विद्यालयका प्राध्यापक गणेश कठायतले विद्यालयमा गुणस्तरिय शिक्षा र भौतिक विकासका लागि सरोकारवालासँग निरन्तर समन्वय भइरहेको जानकारी दिए। त्यसैगरी वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश जोराले “निशुल्क कोचिङ कक्षा सञ्चालन भए पनि विद्यार्थी उपस्थित नहुने समस्या कायम छ” भन्दै विद्यार्थी स्वयंले जिम्मेवारीपूर्वक अवसर उपयोग गर्नुपर्नेमा जोड दिए।

उहाँले विद्यालयमा आवश्यक कम्प्युटर उपलब्ध गराइएको भए पनि प्रइटिकलकाका लागि विद्यार्थी स्वयंले रुचि र पहल देखाउनुपर्ने र असन्तुष्टि तथा मागहरू गुनासो पेटिकोटमार्फत राख्न सकिने बताए। बाल संरक्षणसम्बन्धी केही कमीकमजोरी रहेको स्वीकार गर्दै उहाँले बालबालिकाका मुद्दामा आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि जनाए।

कार्यक्रमका प्रमुख अतिथि गुड नेवर्श इन्टरनेशनल नेपाल डोटी क्लस्टर को–अर्डिनेटर तेजप्रसाद शर्माले बाल संरक्षण, बालविवाह रोकथाम र बालश्रम न्यूनीकरणका लागि समुदाय, अभिभावक र विद्यालय सबैले समान रूपमा सहयोग गर्नुपर्नेमा जोड दिनु भयो। उहाले विद्यालयको भौतिक संरचना सुधारका लागि समेत आयोजनाले निरन्तर सहयोग गर्दै आएको बताउनु भयो।

उक्त कार्यक्रम सामुदायिक विकास केन्द्र डोटीमा कार्यरत एकीकृत सामुदायिक विकास परियोजनाका कार्यक्रम अधिकृत लक्षण देउवाको सञ्चालनमा गर्नु भएको थियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *