oplus_0

डोटी असोज ३

संविधान दिवस २०८२ अवसरमा डोटीमा विभिन्न कार्यक्रम गरी सुरु भएका छन् । असोज २ गते हिजो शैलश्वरी मन्दिर परिसर सरसफाइ गरिएको थियो भने आज (असोज ३) बिहान जिल्ला अस्पताल डोटीमा बिरामीलाई फलफूल वितरण गरिएको छ ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, जिल्ला समन्वय समिति संयोजक लक्ष्मण सिंह, सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र पत्रकारको उपस्थिति रहेको थियो ।

संविधान दिवसकै अवसरमा आज साँझ ५:३० बजे शैलश्वरी मन्दिरमा दीप प्रज्वलन हुने र भोलि (असोज ४) बिहान जिल्ला अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम हुने जिल्ला समन्वय समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *