धन बोहरा,डोटी,असोज १
दिपायल–मेल्लेक सडक खण्ड अवरुद्ध भएको छ । गय राति परेको अविरल वर्षाले आदर्श गाउँपालिका–२ कुखुरेपानी क्षेत्रमा लेदो सहितको ठूलो पहिरो गएपछि सडक पुर्ण रूपमा अबरुद्ध भएको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो।
अहिलेसम्म पनि माथिबाट लगातार पहिरो खसिरहेकाले तत्काल सडक खोल्ने सम्भावना नरहेको र सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ छ।
उक्त स्थानमा वर्षात्को समयमा पटक–पटक पहिरो खस्दा सायल र आदर्श गाउँपालिकाका स्थानीयवासीले सास्ती भोग्नुपरेको स्थानीय कृष्ण खड्काले बताउनुभयो।

