भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार अदालतले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा उनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। धरौटी बुझाए लगत्तै उनी रिहा हुनेछन् ।
साउन १५ मा जन्मदिन मनाउँदा महाराजगञ्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे काठमाडौँ जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेका थिए ।उनलाई काठमाडौँ प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो । लगत्तै उनलाई त्यहाँबाट पक्राउ गरेर भक्तपुर लगिएको थियो।

२०८१ भदौ १० मा दिव्यश्वरी टाउन प्लानिङ स्थित बड्डाको तावामा उनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोप थियो ।
त्यसबेला सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए । चक्रेको वतन नखुलेपछि मुद्दा विचाराधीन थियो । हाल वतन खुलेपछि बयान लिएर अनुसन्धान प्रतिवेदन पेस गरिएको थियो ।
गोखार छोप्राक घर भएका चक्रे २०५० सालदेखी गुण्डागर्दीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *