सोमबार, १९ साउन २०८२
कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेको हो, जसका कारण आवागमनमा रोक लगाइएको हो।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

“महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ,” उनले भने, “महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *