असार, काठमाडौं । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

उक्त बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो ।

यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा गरेको र अहिले पुनस् राजनीतिबाटै जनतासँग जोडिन लागेको बताएकी छिन् ।

साथै, उनले सदस्यता नवीकरणमा रोक लगाउनुको कुनै कारण नभएको पनि बताएकी छिन् ।

यस्तो छ भण्डारीको वक्तव्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *