९ साउन, डोटी – डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली शुक्रवार बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि जिल्ला प्रशासन कार्यालय डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाइएको हो । पेटारो पैदल १५ दिन लगाएर बडिमालिका पुग्ने छ ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीबाट जिल्ला प्रशासन कार्यालय डोटीमा विशेष पूजाआजा सम्पन्न भएपश्चात प्रशिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरमा पुँजाभएसँगै पेटारो बडीमालीका लागि निस्केको हो । जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणा कालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ ।
जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौट र दोस्रो दिन सोही पालिकाको वडा नम्बर ५ धानुकाँडामा बास बस्ने छ । यस्तै तेस्रो दिन अछामको मार्कु, प्रसिद्ध धार्मिक स्थल वैद्यनाथ हुँदै पैदल मार्गबाट बडीमालिका पुग्ने चलन छ । खगि थापा कार्यालय सहायक अहेब
पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ । यो वर्षको पेटारो टोलीको नेतृत्व आदर्श गाउँपालिकामा कार्यरत अहेव मकर बहादुर खड्का र सायल गाउँपालिकाका कार्यालय सहायक खगि थापाले गर्नु भएको छ । पेटारो प्रस्थानका क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थि
यो ।