साउन ८, डोटी ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ। उनको बिहीबार दिउँसो करिब १ बजे निधन भएको हो।

खत्रीलाई दिपायलस्थित रेडियो नेपाल नजिकैको बाटोमा बेवश अवस्थामा ढलेको देखेपछि सहकर्मीहरूले तत्कालै उनलाई सुजङ्ग अस्पताल, राजपुर पुर्‍याएका थिए। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बताइएको छ।

हाल उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, डोटी ल्याउने तयारी भइरहेको छ। परिवारका सदस्यहरू आउँदै गरेका छन् र उनीहरू आएपछि मात्र पोष्टमार्टम गरिने प्रहरी स्रोतले जानकारी दिएको छ। हालसम्म मृत्युको कारण खुल्न सकेको छैन।

डोटीको जोरायल गाउँपालिका–४, चुचुनढुङ्गा स्थायी घर भएका पत्रकार खत्रीको कैलालीको चौमालामा पनि बसोबास थियो। उनी वि.सं, २०७६ सालदेखि रेडियो नेपालमा करारमा रही कार्यरत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *