बुधबार, ०७ साउन २०८२
डोटी– कान्छि नेपाल को नामले प्सरचित सिलगढी बजारमा गाठेमंगल पर्व मनाएका छन् । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गललाई घण्टाकर्ण पर्व पनि भनिन्छ ।
प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव रहेके र त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने मानिस मन नपर्ने भएकाले उसले सत्य वचन सुन्न नपरोस् भनेर सधैंँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने भएकाले उसलाई घण्टाकर्ण भन्ने गरिएको किंवदन्ती छ ।
घण्टाकर्णले विशेषगरी दोबाटो चौबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मनलागेको खानेकुरा खाने गरेका सर्वसाधारण आतंकित थिए । एकदिन घण्टाकर्ण मरेको र ऊ मरेको खुशीयालीमा आजको दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राख्ने गरिएको धार्मिक किंवदन्ती रहिआएको छ ।
विभिन्न टोल टोलमा युवा तथा बालबालिकाहरु जम्मा भई साँझ आगो बालेर भूत भगाएका थिए । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहिआएको छ । यो पर्व मनाएमा मानिसलाई विभिन्न रोग, व्याधि नलाग्ने विश्वास गरिन्छ ।