मंगलबार राष्ट्रिय सभागृहमा ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलनु विषयक विचार गोष्ठी आयोजना हुँदै थियो।कार्यक्रममा जनार्दन शर्मासँगै नेत्रविक्रम चन्द विप्लवु र घनश्याम भूसाल पनि वक्ता थिए।
आफ्ना विचार प्रस्तुत गर्ने क्रममा माओवादी उपमहासचिव शर्माले नेपालको कम्युनिस्ट आन्दोलनको समस्या, अबको बाटो र अहिलेसम्म भए, गरेका गल्तीहरूबारे बोलेका थिए।त्यही क्रममा उनले अहिले पार्टीभित्र पार्टीमा जनवाद शून्यप्रायः रहेको, केन्द्रीयता मात्रै हाबी रहेको र त्यसले आदेश, चाकडी र निरंकुशता जन्माएको बताएका थिए।
नेपालको कम्युनिस्ट आन्दोलनबारे धेरै बेर बोलेर अन्त्यतिर माओवादीका बारेमा बोलेका शर्माले पार्टीले पहिल्यै पारित गरेको एक्काइसौं शताब्दीको जनवादको विकासु भन्ने मान्यतामा नअडिँदा समस्या बढेको बताए।
उनले भने, पार्टीभित्रको अन्तर्निहीत छिनाझपटीले गलत ढंगको बहसले शान्ति प्रक्रिया सँगै त्यो मान्यतामा अडिन सकेनौं। त्यो मान्यताको मुख्य कुरा नै मुख्य नेताहरू सत्तामा नबस्ने, जनतामाझ बस्ने भन्ने थियो। त्यो कुरा आज अगाडि बढाउन सकेनौं। हामीभन्दा अगाडि नै संसदीय अभ्यासमा आएको एमालेसँग पनि छलफल गर्ने भन्ने कुरा एक्काइसौं शताब्दीको जनवादको विकासको लक्ष्य थियो। तर, संसदीय भासमा हामी आफै जाकिएका छौं।
शान्ति प्रक्रियामा आएपछि सदन र सडकमा संघर्षको कुरा गरेको स्मरण गर्दै उनले पार्टी केवल सत्ता र चुनावमा केन्द्रित भएको बताए।
हाम्रो कमजोरी नै यही भयो, उनले थपे, पार्टीभित्र दुई लाइन संघर्षलाई मार्क्स र माओले महत्वपूर्ण हतियार हो भन्नुभएको थियो। तर आज मुख्य नेताको बारे अभिव्यक्ति दिँदा समस्या आउँछ। आज पार्टीमा जनवाद छैन, केन्द्रीयता मात्रै छ। आदेश छ। चाकडी छ। निरंकुशता छ।
उनले सबै पार्टीमा यही अवस्था रहेको दाबी पनि गरे।
शर्माले नेपालका कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत भएको पनि बताए।
आज कम्युनिस्ट पार्टीभित्र प्रश्न सुन्न पनि सकिँदैन। प्रश्न सुन्न नेतृत्व तयार हुँदैन। जनताले प्रश्न गर्छ, हामी कान थुनेर बस्छौँ,उनको भनाइ थियो, यस्तो प्रवृत्ति विकास हुँदा हामी जनवादी केन्द्रीयताको कुरा गरिराखेका छौं।
कम्युनिस्ट पार्टीहरूले नौ–नौ पटक पटक सरकारको नेतृत्व गरेको उल्लेख गर्दै उनले मुलुकका समस्या जस्ताको तस्तै रहेको तर्फ संकेत गरे।
भने,नौ–नौ पटक सरकारको नेतृत्व गर्दा हामी कम्युनिस्टहरूले के दियौं, के बदल्यौं, के पूरा गर्यौं वा किन गरेनौं, यो गम्भीर प्रश्न छ।
उनले कम्युनिस्ट आन्दोलन सुधार गर्ने कि विघटनतर्फ जाने भन्ने जिम्मेवारी आजका कम्युनिस्ट नेताहरूले बोक्नुपर्ने उनले बताए।
