नेकपा एमाले-ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा पुनः सक्रिय भूमिका दिन नपाउने निर्णय गरेको छ। हालै कांग्रेस नेता शेखर कोइरालासँगको भेटघाट र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको नजिकिँदो सम्बन्धले राजनीतिक वृत्तमा चर्चा चुलिएको बेला एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।

पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।

विश्वसनीय स्रोतका अनुसार एमाले नेतृत्वले पूर्व राष्ट्रपतिका रूपमा भण्डारीको भूमिका सम्मानजनक भए पनि पार्टीको आन्तरिक राजनीतिमा फेरि सक्रिय गराउने अवस्था नरहेको स्पष्ट पारेको छ।

पार्टीका एक स्थायी कमिटी सदस्यले बताए अनुसार, “विद्यादेवी भण्डारीको राष्ट्रपति कालमा पार्टीप्रति लगाव देखिएको थियो, तर अब उनी पूर्व राष्ट्रपतिको हैसियतमा रहनु नै उपयुक्त ठानिएको छ।”

यसअघि भण्डारीलाई पुनः पार्टीमा ल्याएर महिला नेतृत्वलाई सशक्त बनाउने योजना भएको चर्चा चलिरहेको थियो। तर, भण्डारीको सक्रियता बढेमा पार्टीभित्रको शक्ति सन्तुलनमा असर पर्ने भन्दै केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए।

पार्टी अध्यक्ष ओलीले समेत भण्डारीको भूमिकालाई “सम्मानजनक दूरी” मा राख्नुपर्ने धारणा राखेको स्रोत बताउँछ। ओली र भण्डारीबीच पछिल्ला दिनमा भेटघाट भइरहे पनि पार्टीभित्रको निर्णयले भण्डारीको पुनः राजनीतिमा फर्किने सम्भावना तत्कालका लागि टरेको देखिन्छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “भण्डारीको सशक्त व्यक्तित्व र ओलीसँगको सम्बन्धले पार्टीमा द्विविधा सिर्जना गर्न सक्थ्यो, जसका लागि एमालेले अग्रिम निर्णय लिएको हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *