कार्तिक १६ डाेटी
सुदूरपश्चिम प्रदेशसभा सांसद चक्र मल्ल पछिल्ला दिनहरूमा डोटीका विभिन्न धार्मिक र विकाससम्बन्धी स्थलहरूको भ्रमणमा व्यस्त रहेका छन्।
धर्म, संस्कृति र विकासलाई सँगसँगै अघि बढाउने उद्देश्यले उनी जिल्लाका गाउँ–गाउँमा पुग्दै स्थानीयहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

हालै सायल गाउँपालिका–१ मा सम्पन्न मुन्ठमाणौको मष्टा देवताको जात्रामा सहभागी भएका मल्लले स्थानीयसँग भेटघाट गर्दै ‘देवभूमि’ भनेर चिनिने डोटीका धार्मिक स्थलहरूको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताए।

 “डोटी केवल पहाड होइन, आस्थाको जग हो। यहाँका मन्दिर, लेक र मठहरू हाम्रो पहिचान हुन्,”सांसद मल्लले भने, “यी स्थलहरूको संरक्षण र प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटनले स्थानीय अर्थतन्त्रलाई बल पुर्‍याउँछ।”

मुन्ठमाणौस्थित चौरेसी लेक र मष्टा मन्दिरमा प्रत्येक वर्ष भव्य जात्रा आयोजना हुँदै आएको छ। यहा बझाङ, बैतडीदेखि तराईसम्मका श्रद्धालुहरू आउने गर्छन्।स्थानीयको भनाइमा, यहाँ आएका भक्तजनको मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ।

जनता भेटघाट र विकासका मुद्दामा सक्रियता

धार्मिक भ्रमणसँगै सांसद मल्ल पछिल्लो समय जनताको सरोकारका विषयमा समेत सक्रिय भएका छन्।


उनी हाल आदर्श गाउँपालिका–६ मा रहेका तेडी महाराजको जात्राको दर्शनका लागि पुगेका थिए।त्यहाँ उनले मोटरेबल पुल, बबिना झुलुङ्गे पुल र विद्यालय भवनका लागि पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए।

तर सोही कार्यक्रममा सहभागी वडा अध्यक्षले ठेकदारको लापरबाहीका कारण विद्युत् विस्तार कार्य अधुरो रहेको जनाउँदै तत्काल पहलको अनुरोध गरे।जवाफमा सांसद मल्लले समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासन दिए।“जनताले उठाएका विषय मेरो प्राथमिकता हुन्,” उनले भने,“ठेकदारको जिम्मेवारी सुनिश्चित गर्दै आधारभूत सेवा गाउँ–गाउँमा पुर्‍याउन हामी प्रतिबद्ध छौं।”

सामाजिक सञ्जालमा सक्रियता र जनसम्पर्क

सांसद मल्ल पछिल्लो समय सामाजिक सञ्जालमार्फत एमालेका नेता, कार्यकर्ता र स्थानीय बासिन्दासँगको भेटघाट र छलफलमा बढी सक्रिय देखिएका छन्। उनका जनसम्पर्कका दृश्यहरूले स्थानीयबीच सकारात्मक सन्देश फैलाइरहेको देखिन्छ।

राजनीतिक भन्दा बढी जनसेवा र विकासमुखी सोचका साथ उनले धर्म, संस्कृति र पूर्वाधार विकासलाई समानान्तर रूपमा अघि बढाउने अभियान थालेका छन्।

धर्म, आस्था र विकासको संगम

‘देवभूमि’ भनेर चिनिने डोटी जिल्लाका शैलेस्वरी , वडीकेदार,मष्टा, तेडी महाराज,  र अन्य धार्मिक स्थलहरूको संरक्षणसँगै पर्यटन प्रवद्र्धनले आर्थिक अवसर पनि सिर्जना गर्न सक्ने सांसद मल्लको भनाइ छ।

  • उनका अनुसार, डोटीलाई ‘गार्डेन अफ गड’ (न्बचमभल या न्यम) का रूपमा पहिचान दिन सकिने सम्भावना निकै उच्च छ।डोटीका पहाड, लेक र देवालयहरूमा जनताको विश्वास, परम्परा र प्राकृतिक सौन्दर्य मिसिएको छ र त्यसलाई विकाससँग जोड्ने अभियान अहिले सांसद मल्लको प्राथमिकतामा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *