हिन्दू पात्रो अनुसार श्रवण महिनाको सुरुवातसँगै नेपाली समाजमा हरियो लुगा र मेहन्दी लगाउने परम्परा सुरु हुन्छ। विशेष गरी महिलाहरूबीच यस महिनालाई धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा विशेष महत्वका साथ मनाउने चलन रहिआएको छ।

श्रवण महिनाभर व्रत बस्ने, शिव मन्दिरमा जल अर्पण गर्ने र हरियो रंगका पोशाक तथा मेहन्दीले हात सजाउने चलनले नेपाली समाजमा उत्सवको रौनक थप्ने गर्छ। हरियो लुगा समृद्धि, प्रेम र पवित्रताको प्रतीक मानिन्छ भने मेहन्दी सौभाग्य र सुन्दरता प्रकट गर्ने माध्यमको रूपमा लिइन्छ।

धनगडीबाट देवी भुसाल भन्छिन्, श्रवण महिनामा मेहन्दी र हरियो सारी लगाउँदा एक किसिमको आत्मसन्तुष्टि र श्रद्धाको भावना आउँछ। यो चलनले हामीलाई संस्कृति र परम्परासँग जोडिराखेको छ।

शिव भक्तिका लागि विशेष मानिने यो महिना विशेषगरी सोमबारका दिन महिलाहरू व्रत बसी शिवजीको पूजा आराधना गर्छन्। धार्मिक मान्यता अनुसार श्रवणमा व्रत बस्दा र शिवको पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

बजारको मेहन्दी होइन, घरमै बनाऔं प्राकृतिक मेहन्दी

पछिल्लो समय बजारमा पाइने मेहन्दीमा रासायनिक तत्व मिसिएको हुनसक्ने जोखिमले गर्दा धेरै महिलाहरू घरमै प्राकृतिक मेहन्दी बनाउनेतर्फ आकर्षित हुन थालेका छन्।

घरमै मेहन्दी बनाउन यसरी गर्नुहोस्स्

सामाग्रीस्

– सुकेको मेहन्दीको पात वा बजारमा पाइने शुद्ध मेहन्दी पाउडर
– कागतीको रस
– चिया वा कफीको पानि
– केही थोपा नीलगिरी ९भगअबथिउतगक० को तेल
– लोहो ९लोहाको भाँडो

बनाउने तरिकास्
– मेहन्दीको पातलाई सुकाएर पीस्ने वा शुद्ध पाउडर प्रयोग गर्ने।
– त्यसमा कागतीको रस र चियाको गाढा पानी मिसाएर मिक्स गर्ने।
– ५–६ घण्टा वा रातभर लोहाको भाँडोमा छोपेर राख्ने।
– प्रयोग गर्नु अगाडि नीलगिरीको तेल थोरै मिसाउने।
– तयार पेस्टलाई कोनमा हालेर हातमा डिजाईन गर्ने।

प्राकृतिक मेहन्दीले हातमा गाढा र सुरक्षित रङ दिन्छ, साथै छालालाई कुनै नोक्सान गर्दैन।

संस्कृति र स्वास्थ्यको समायोजन

श्रवणको चाड मात्र श्रद्धा होइन, परम्परा र प्रकृतिसँगको सम्बन्धलाई पनि प्रतिबिम्बित गर्छ। घरमै तयार गरिएको प्राकृतिक मेहन्दीले न केवल परम्परा जोगाउँछ, स्वास्थ्यप्रति सजगताको सन्देश पनि दिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *