झलक पाली, ४ श्रावण _डोटीको जोरायल गाउँपालिकाको आर्थिक वर्ष २) १र)८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ । वर्षभरी भए गरेका कामहरु बारे जानकारी सहित जिज्ञासा तथा गुनासा सुनुवाई गर्ने र पृष्ठपोषण लिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाले वर्षभरी गरेका काम र प्रगतिबारे विषयगत शाखाहरुको छुट्टाछ्ट्टै प्रस्तुतीकरण गरिएको थियो ।
प्रस्तुतीपश्चात कार्यक्रममा प्रश्नोत्तर कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न सरोकारवालाहरुले बेरुजु, खरिद प्रक्रिया, संघ र प्रदेशका योजना निर्माणमा ढिलासुस्ती, शुसासन, पारदर्शीताका सवालमा प्रश्न उठाएका थिए ।

प्रश्न, जिज्ञासा तथा सुझावहरु बारे प्रमूख वक्ताका रुपमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्र् ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्र् भट्ट लगाएत जनप्रतिनिधीहरु र सम्बन्धीत विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरूले जवाफ दिएका थिए ।
गाउँपालिकाका अध्यक्ष ओझाले सार्वजनिक सुनुवाई कार्यक्रममा आएर प्रश्न, जिज्ञासा, सुझाव राख्ने सबैलाई धन्यवाद दिंदै सामाजिक सञ्जाल फेसबुक, होटलमा, चौतारामा अनावश्यक टिप्पणी गर्नेहरु लाई पनि सार्वजनिक फोरममा छलफलमा सहभागि हुन आग्रह गरे ।
उपाध्यक्ष जमुना बोहराले सार्वजनिक सुनुवाइ जनतासँग प्रत्यक्ष संवाद गर्ने थलो भएकाले तथ्यमा रहेर छलफल गर्दै भएका कमिकमजोरी औंल्याउँदै र रचनात्मक सुझाव सहित जोरायलको विकासमा सहभागी हुनुपर्नेमा जोड दिइन् ।
त्यस्तै वडा नं। २ का वडा अध्यक्ष वीरबहादुर दर्लामीले वर्तमान अवस्थामा कतिपय मानिसहरु नकारात्मतातर्फ केन्द्रित भएकोमा चिन्ता व्यक्त गर्दै भ्रम सिर्जना गरेर जोरायलको बद्नाम नगर्न आग्रह गरेका छन् ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्र् ओझाको अध्यक्षता एवं विभिन्न सरोकारवालाहरुको सहभागितामा सम्पन्न वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमको नजर मिडिया प्रा।लि।ले सहजिकरण गरेको थियो ।
