डोटी,  श्रावण ३ – डोटीको पूर्विचौकी गाउँपालिका–२ बगलेकमा रहेको मिनि खप्तड हाल नयाँ संरचना र आकर्षक दृश्यले सजिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

खप्तडको उपनामले चिनिने यो स्थानमा हालै लभको संकेतसहितका विभिन्न रमाइलो संरचना निर्माण भएपछि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो। जिल्ला सदरमुकाम सिलगढीबाट करिब १० किलोमिटरको दूरीमा रहेको बगलेक सहज सडकसहित पुग्न सकिने भएकाले सजिलै घुम्न आउनेहरुको घुइचो लाग्ने गरेको छ।

घुम्न गएका गणेश बिष्टका अनुसार, “यो स्थानलाई अझ आकर्षक र पर्यटकमैत्री बनाउनका लागि सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्लले बजेट विनियोजन गरेका छन्, जसको फलस्वरुप अहिलेका भौतिक संरचना निर्माण भएका हुन्,” बिष्टले बताए।

बिदाको दिन, विशेषगरी शनिबार, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीदेखि विद्यार्थी, परिवार र साथीहरूको समूह यहाँ पिकनिक खान, टिकटक र भिडियो बनाउन, जन्मदिन मनाउन र गर्मी छल्न आउने गरेका छन्।

स्थानिय राम बिष्टका अनुसार, “खप्तडको उपनामले चिनिने मिनि खप्तड रमाइलो मात्र नभई, स्मरणीय क्षण कैद गर्ने गन्तव्य बनेको छ,” भने।

जिल्ला सदरमुकामसहितका बासिन्दाले पनि नजिककै घुम्न सकिने, रमाइलो गर्न मिल्ने र प्राकृतिक दृश्यको आनन्द लिन सकिने भएकाले बगलेकलाई प्राथमिकतामा राख्ने गरेको स्थानीय प्रकाश जोशी ले बताए। पनि         

पर्यटकको चाप बढेसँगै यहाँ वरिपरिका पसल, स्थानीय व्यवसाय र अन्य सेवा क्षेत्र विस्तार हुने संकेत देखिएको छ। स्थानिय नारायण नागरिकका अनुसार, “पर्यटक बढेसँगै वरिपरिका व्यापार–व्यवसाय पनि फस्टाउने देखिन्छ,” भने।

डेउडाको ताल, हरियाली र आधुनिक आकर्षक संरचनाको मेलले मिनि खप्तडलाई डोटीमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्दै लगेको छ। यसले केवल घुम्न आउनेलाई रमाइलो मात्र नभई, स्थानीयको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *