२८ असोज २०८२, मङ्गलबार

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो ।सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।

यसैबिच, चाँदीको मूल्य मङ्गलबार बढेर तोलामा तीन हजार ३२५ रुपियाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।
सोमबार चाँदी तोलामा तीन हजार २२० रुपियाँ कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *