डोटी – गुड नेवर्श इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक विकास केन्द्र डोटी को आयोजनामा शिखर नगरपालिका–६ स्थित हरिहर माध्यमिक विद्यालयमा निःशुल्क साधारण स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ।

एकीकृत विकास परियोजना अन्तर्गत आयोजित कार्यक्रममा विद्यालयका स्पोन्सर र ननस्पोन्सर गरी जम्मा २५४ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको हो।स्थानीय दुर्गा देबि मल्लले आफ्नी छोरीको बिध्उालयमा नै स्वास्थय जाच गर्दा कुनै रोग नभएको थाहा पाय पछी खुसी लागेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि शिखर नगरपालिकाका नगरप्रमुख दृघ बहादुर बलायतले “स्वस्थ विद्यार्थी बिना गुणस्तर शिक्षा सम्भव हुँदैन” भन्दै नगरका अन्य विद्यालयमा समेत स्वास्थ्य परीक्षण विस्तार गर्नुपर्ने धारणा राखे। उनले शिक्षा क्षेत्रमा देखिएको प्रगति जस्तै अब स्वास्थ्य क्षेत्रमा पनि ध्यान दिनुपर्ने बताए।

त्यस्तै, उपप्रमुख सुनिता रावलले बालबालिकामा हुन सक्ने रोग पहिचान र उपचारका लागि अभिभावक, विद्यालय र स्थानीय तह सबै जिम्मेवार हुने भन्दै संस्थागत सहकार्यमार्फत यस्ता कार्यक्रम निरन्तर चलाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रम अधिकृत लक्ष्मण देउवाका अनुसार जिल्लाका नौ स्थानमा यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको छ। एउटा दिपायल सिलगढी नगरपालीकामा तिन वटा सिखर नगरपालीकामा सम्पन्न भएका र बाकी भोली र पर्सी सन्चालन गर्ने बताउनु भयो । आजको शिविरमा परीक्षण गरिएका विद्यार्थीमा दाँत, कान र सामान्य ज्वरोजस्ता समस्या बढी देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

गुड नेवर्श इन्टरनेशनल नेपालका डोटी क्लस्टर को–अर्डिनेटरका अनुसार “बिरामी भएर उपचार गर्नुभन्दा पहिले नै रोग नलाग्ने वातावरण बनाउन स्वास्थ्य परीक्षण कार्यक्रम महत्वपूर्ण” हुने भएकाले बालबालिकाका लागि यस्तो अभियान अघि बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *