साउन १३, डोटी ।
डोटीको शिखर नगरपालिका वडा नं। १० र ११ जोड्ने सेती नदीमाथिको बानेडुंग्रीसैन–सातनाली पुल निर्माणका लागि छैटौं पटक म्याद थप गरिएको छ । पाँच पटक म्याद थप्दा समेत निर्माण कम्पनी पप्पु–राजेन्द्र जेविले हालसम्म २४ प्रतिशत मात्रै काम सम्पन्न गरी छैटौं पटक म्याद थप लिएको हो ।
सडक डिभिजन कुलपाते डोटीका अनुसार निर्माण कम्पनीका तर्फबाट सार्वजनिक खरिद नियमावली ९चौंधौं संशोधन० २०६४ बमोजिम २०८२ जेठ १२ मा म्याद थपका लागि निवेदन दिएको थियो । उक्त निवेदन उपर सडक विभाग, पुल महाशाखाका उपमहानिर्देशकको अध्यक्षतामा २०८२ असार १ गते बैठक बसी निर्माण व्यवसायीले माइलस्टोन राखेर विस्तृत कार्य योजना परिमार्जन सहित पेश गर्ने र सोको सुपरीवेक्षण सडक डिभिजन डोटी र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले गर्ने सहमती भएको जनाईएको छ । तर सुपरीवेक्षणका क्रममा प्रगति नदेखिए सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरीद नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम जुनसुकै बखत ठेक्का अन्त्य गर्न निर्माण व्यवसायीले सहमती जनाउँदै निर्माण सम्बन्धी माइलस्टोन सहित विस्तृत कार्ययोजना पेश भएपछि २०८२ असार ८ गतेको विभागीय निर्णय बमोजिम म्याद थपिएको जनाईएको छ । अब उक्त पुल निर्माण गर्न २०८४ असार २० सम्मको म्याद राखिएको छ ।
रु।२६ करोड २० लाख बराबरको लागतमा वि।सं। २०७४ असार २८ मा काम सम्पन्न गर्ने गरी २०७१ असार २९ गते सम्झौता भएको थियो ।ःबथ दभ बल ष्mबनभ या तभहत
उक्त निर्माण कम्पनीका सञ्चालक भीम बहादुर साउँद नेपाली काँग्रेस डडेल्धुराका सभापती एवं परशुराम नगरपालिकाका पूर्व नगर प्रमूख पनि हुन् ।
उनले शक्तिको आडमा पटक पटक म्याद थप्ने तर पुल निर्माणको काम अलपत्र छोड्ने गरेको आरोप पनि छ ।
पुल निर्माणको कार्य छिटो सम्पन्न गर्नुपर्ने माग राख्दै २०७९ साल माघ १६ गते उच्च अदालत दिपायलमा शिखर नगरपालिका ११ का बासिन्दा तथा पत्रकार रामहरी ओझाले रिट निवेदन गरेका थिए । उक्त रिट निवेदनमाथि फैसला गर्दै उच्च अदालतले २०८० साल जेठ १० गते पुल निर्माणको कार्य यथाशाक्य चाँडो गराउन डिभिजन सडकको नाममा र पुल निर्माणका लागि आवश्यक वातावरण बनाउनु भनी शिखर नगरपालिकालाई परमादेश जारी गरेको थियो ।
तर अदालतले गरेको फैसलालाई समेत व्यवास्ता गर्दै काम नगरी म्याद थप भएपछि पुल निर्माण हुनेमा फेरि पनि शंका रहेको पत्रकार रामहरी ओझाको बुझाई छ ।
राजनीतिक दलहरुको संरक्षण र सडक डिभिजन कुलपाते डोटीको लापरवाहीका कारण उक्त पुल निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको ओझा बताउँछन् । यथाशक्य पुल निर्माण हुनुपर्नेमा सम्बद्ध निकायसँग निरन्तर दवाव दिंदै आएका पत्रकार ओझाको अगुवाईमा केहि समय पहिले प्रधानमन्त्रीलाई प्रति परिवारबाट रु।१ का दरले रु।८४४ र निर्माण अधुरो रहेको हेर्न व्यङ्ग्य गर्दै कालो चश्मा समेत पठाएका थिए ।
