कञ्चनपुर, साउन १२ — सुदूरपश्चिम प्रदेशका १३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा समायोजन गर्न माग गरिएको छ। एमाले सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग राखेको हो।

प्रतिनिधिमण्डलले सुदूरपश्चिमका निम्न क्याम्पसहरूलाई आङ्गिक क्याम्पस बनाउनु पर्ने माग राखेको छ:

  • डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस

  • कञ्चनपुरको भानु बहुमुखी क्याम्पस (दोधरा चाँदनी)

  • कृष्ण वैजनाथ बहुमुखी क्याम्पस (झलारी)

  • अछामको अछाम बहुमुखी क्याम्पस

  • कैलालीको लम्की बहुमुखी क्याम्पसघोडाघोडी बहुमुखी क्याम्पस

  • बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस (हाट)गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज

  • दार्चुलाको शङ्करपुर बहुमुखी क्याम्पस

  • बझाङको बझाङदीप बहुमुखी क्याम्पससुनकुडा बहुमुखी क्याम्पस

  • डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पस

  • कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पस (बेलौरी)

पूर्व अनेरास्ववियु उपाध्यक्ष गोविन्द गिरीका अनुसार, ती सबै क्याम्पस हाल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छन्, र आर्थिक वर्ष २०८२/८३ देखि सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न माग गरिएको हो।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “सत्यसित नलड्ने र शक्तिसित नझुक्ने समाज निर्माणका लागि शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।” सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै, समावेशी र सुलभ शिक्षा प्रवाहका लागि आङ्गिक क्याम्पस विस्तार आवश्यक भएको उल्लेख गरिएको छ।

निवर्तमान उपाध्यक्ष गिरीले भने, “सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट र विकासमा पछाडि परेको क्षेत्र हो। यहाँ शिक्षामा गरिने लगानीले बसाइसराइ नियन्त्रण, स्थानीय रोजगारीको सृजना र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा टेवा पुग्नेछ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *