सुन्दर र स्वस्थ देखिन कसरी गर्ने कपालको हेरचाह रु
साउन १०, २०८२
काठमाडौँ — बर्खायाम सुरु भए पनि हप्प गर्मी छ । गर्मीमा तापक्रमका कारण कपालमा धेरै समस्या निम्तिरहेका हुन्छन् ।
छालारोग विशेषज्ञ डा। प्रज्वल पुडासैनीका अनुसार गर्मीमा आउने पसिनाले कपालमा भएको प्रोटिनलाई बिगार्ने, ढुसी पर्ने, चायाँ बढ्ने, कपाल सुक्खा हुने, झर्ने र टुक्रिनेजस्ता समस्या निम्त्याउँछ । कपालले हाम्रो व्यक्तित्व र आत्मविश्वास बढाउने भएकाले यसलाई राम्रो हेरचाहको आवश्यकता पर्ने उनी बताउँछन् ।
कसरी गर्ने त कपालको हेरचाह रु
कपाल नुहाउनुभन्दा आधा घण्टाअगाडि नरिवलको तेलले मालिस गर्ने
कपाललाई राम्रोसँग स्याम्पो कन्डिसनरले धुने
सुक्खा कपाल हुनेले नुहाएपछि नरिवल वा जैतुनको तेल लगाउने
रातो मासु, समुद्री खाना, अण्डा, दुग्धजन्य पदार्थ, सिमी, दाल, बदाम र बिउजस्ता प्रोटिनयुक्त खानामा ध्यान दिने
कलेजो, अण्डा, बदाम, ओखर, माछा, आलु र गेडागुडीजस्ता बायोटिन पाउने खाना खाने
आइरन, जिङ्क, भिटामिन ए, सी र ई पाइने खाना खाने
कपालमा आइरन नगर्ने, जेल, हेयर कलरजस्ता केमिकल पनि प्रयोग नगर्ने
कपालको प्रकारअनुसार हेरचाह
चिल्लो स्ट्रेट कपाल
चिल्लो स्ट्रेट कपाललाई हरेक दिन धुनुपर्छ । कपालमा भएको चिल्लोपना हटाउनका लागि फेदमा मजाले स्याम्पो गर्ने र तलको भागमा कन्डिसनर लगाएर धुने । चिल्लो कपाल हुनेले एन्टी फंगल भएको केटोकोनाजोल स्याम्पो प्रयोग गर्नुपर्छ ।
कर्ली सुक्खा कपाललाई सातामा एकपटक मात्र धुनुपर्छ भने कन्डिसनर कपाल नुहाउँदा हरेकपटक सबैतिर लगाउनुपर्छ । यस्ता कपाल हुनेले कन्डिसनर र तेलको बढी मात्रामा प्रयोग गर्नुपर्छ ।
बाक्लो कपाल
बाक्लो कपाल हुनेले नुहाएका बेलामा स्याम्पो र कन्डिसनर लगाउनुअघि पातलो दाँत भएको काइँयोले छुट्याउनुपर्छ ज्यध तय तबपभ अबचभ या जबष्च तय यियप दभबगतषग िबलम जभबतिजथरु
किन गर्ने कपालको हेरचाह रु
कपाल झर्दैन र टुक्रिएर जाँदैन
संक्रमणको सम्भावना कम हुन्छ
जुम्राजस्ता किटाणुको जोखिमबाट बच्निछ
कपालको प्राकृतिक सुन्दरता बढ्छ
टाउकाको छाला पनि जोगिन्छ
सबैजनाको कपाल एकै प्रकारको हुँदैन । त्यसैले कपालको स्वरूप हेरी हेरचाह गर्नुपर्छ । कपालको हेरचाह सौन्दर्य मात्र नभई स्वस्थ रहनु पनि हो ।
