नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हिजोआज नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएका छन्।

प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेटेको भोलिपल्टै कोइराला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन्।

प्रचण्ड र कोइरालाबीच बिहीबार दिउँसो करिब डेढ घन्टा कुराकानी भएको थियो।

शुक्रबार बिहान कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवास भंगाल पुगे। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा एक घन्टा कुराकानी भएको छ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार नेता कोइराला र पूर्वराष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म कुराकानी भएको हो।

‘समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा उहाँहरूबीच एक घन्टा कुराकानी भएको हो,।

उक्त भेटवार्तामा पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा फर्केको विषय उप्काएकी थिइन्।

‘म सक्रिय राजनीतिमा फर्किएँ,’ भण्डारीको भनाइ थियो, ‘तपाईंहरूको पनि नैतिक समर्थन चाहियो।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्केको विषयमा सभापति शेरबहादुर देउवालगायतले असन्तुष्टि जनाएका थिए।

असार १६ गतेदेखि २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरूले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन नहुने विषय राखेका थिए भने पार्टीले नै संस्थागत निर्णय लिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका कांग्रेसले यसबारे लिखित निर्णय गरेन। तर सभापति देउवासहित नेताहरूले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर पूर्वराष्ट्रपतिलाई एमालेको राजनीतिमा फर्कन दिएको विषयमा कुरा राखेका थिए।

नेपाली सेनाको परमाधिपति भइसकेको मानिस पार्टी विशेषको राजनीतिमा फर्कन हुन्न भन्ने कुरा सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग राखेका थिए।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको संगठित सदस्यता नवीकरण गरेपछि त्यसले एमालेभित्र बहस निम्त्याएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुने वा नहुने विषयमा पार्टीले छिट्टै निर्णय लिने बताउँदै भण्डारीलाई एमाले अध्यक्ष हस्तान्तरण गर्ने अवस्था नरहेको धारणा सार्वजनिक गरिसकेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *