water

असार ३२

डोटीकाे पिउने पानीमा इकोलाइ भेटिएकाे छ । जिल्लाका पिउने पानीका मुहानमा मानव स्वास्थ्यका लागि हानिकारक दिसामा देखिने जीवाणु इकोलाइ नामक किटाणु भेटिएको हाे ।जिल्लामा रहेका नाै पालिकाबाट लिएको ७९ वटा नमुना परीक्षणमा ५१ वटामा सो कीटाणु देखिएको स्वास्थ्य कार्यालय डोटी ले जनाएकाे छ ।

९ ओटा स्थानीय तहका विभिन्न स्थानमा रहेका मूहानबाट जाँचका लागि नमूना संकलन गरि परीक्षण गर्दा इकोलाइ भेटिएकाे स्वास्थ्य कार्यालय डोटी का प्रमुख रमेश मलासीले पत्रकार संग स्वास्थ्य कार्यालय ले गरेका गतिविधि सार्वजनिक कार्यक्रममा जानकारी दिनु भयो ।

उहाका अनुसार स्वास्थ्य कार्यालयले नियमित रुपमा प्रयोग भइरहने मूहानबाट नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो ।सबैभन्दा धेरै दिपायल सिलगढी नगरपालिकाका खानेपानीका मुहान दुषित रहेको पाइएको छ । ३१ ओटा नमूना संकलन गरी परीक्षण गर्दा २९ मा इकोलाइ भेटिएको हो ।

बोगटान फुडसिल गाउ पालिका मा ८ वटा परिक्षण गर्दा ८ वटैमा देखिएको हो । सायल,बडिकेदार र पुर्वीचौकी गा पा बाट ८/८ ओटा नमूना संकलन गरि परीक्षण गर्दा १/१ मुहानमा भेटिएको छ ।त्यस्तै सिखर नगरपालिका मा ८ वटा मध्ये ३ वटामा भेटिएको हो । आदर्श गाँउ पालीका मा ८ वटा मुहानको परिक्षण गर्दा ८ वटैमा देखिएको छ । जोरायल र के आइ सिंह गा पा को भने नमुना परिक्षण गरेको छैन।

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परिक्षण गर्दा दिसामा हुने किटाणु कोलिफर्म भेटिएको बताइएकाे छ ।

पानीको मूहान, इन्टेक र धाराहरू फाेहाेर हुँदा इकोलाइ भेटिन थालेकाे भन्दै स्वास्थ्यकर्मीहरुले नियमित सरसफाइ गर्न सबैलाई आग्रह गरेका छन् ।

दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आउँजस्ता विभिन्न सरुवाको रोगको संक्रमण बढ्ने भएकाले पानीलाई छान्ने, उमाल्ने वा अन्य विधिबाट शुद्धीकरण गरेर मात्र पिउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *