डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले उच्च सतर्कता अपनाउन भन्दै एक सूचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभाग (मौसम पूर्वानुमान महाशाखा) ले आगामी केही दिन सुदूरपश्चिम क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

असार २५ गतेदेखि २७ गतेसम्म डोटी जिल्लासहित सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने र डोटी जिल्ला वर्षा जोखिम नक्साङ्कनमा प्रतिकार्य गर्नुपर्ने अवस्था (रेडजोन) मा रहेको सूचनामा उल्लेख गरिएको छ । प्रभावित क्षेत्रहरूमा बाढी, पहिरो, नदीको सतह वृद्धि र कटानको जोखिम रहने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत अनिल बुढाथोकीद्वारा जारी सूचनामा आग्रह गरिएको छ । डोटीका पहाडी भूभाग र राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रहरूमा भारी वर्षाले उच्च जोखिम उत्पन्न गर्न सक्ने र सेती नदी आसपासका तटीय क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, “भारी वर्षाका कारण जनजीवन प्रभावित हुने, सडक यातायात अवरुद्ध हुने, दैनिकीमा असर पुग्ने भएकाले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र पूर्व तयारी गर्न अनुरोध गरिएको छ ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *